Ad Area

महासंघको स्थापना दिवसका अवसरमा २० जनाद्वारा रक्तदान


दाङ,१ पुस । नेपाल पत्रकार महासंघ दाङ शाखाको आफ्नो २९ औं स्थापना दिवस मनाउन सुरु गरेको छ । महासंघको स्थापना दिवसका अवसरमा पहिलो दिन रक्तदान कार्यक्रम गरिएको हो ।

नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजना तथा रक्त सञ्चार केन्द्र घोराहीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेमा पिताम्वर रिजाल, उदय बिसी, प्रेमबहादुर राम्जा,जनक नेपाली, लिलाधर वली, यमकला भुसाल, चन्द्रप्रकाश नेपाली, हेमराज नेपाली, अमिता चौधरी, सुवास शर्मा, जंग रेउले, कलम वली, बिनोद नेपाली, सुनिल थापा, नरसिंह वली, श्रीधर पौडेल, बिनोद न्यौपाने,शेरचन चौधरी, अर्पन गिरी र तिलक केसी रहेको कार्यक्रम संयोजक कुलदिप न्यौपानेले जानकारी दिएका छन् ।

नेपाल पत्रकार महासंघ दाङको स्थापना दिवसको अवसरमा पुस २ गते शुक्रवार ‘नागरिकको आँखामा मिडिय’ बिषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको सचिव आर.के.शीतलले जानकारी दिएका छन् । महासंघले बंगलाचुलीमा गर्ने भनेको मिडिया सम्मेलन स्थगीत गरेर नेपाल पत्रकार महासंघको सभाहलमा दिउसो १ बजे हुने कार्यक्रममा उपस्थीतिका लागि सम्पूर्णलाई आग्रह समेत सचिव शीतलले गरेका छन् ।

Blog Post Ad Blog Post Ad