Ad Area

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता


काठमाडौं,१ पुस । नेपाली कांग्रेसको महामन्त्री पदका लागि मतगणना भैरहेको छ । जसमा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका गगन थापाले अग्रता लिएका छन ।

त्यसैगरी दोस्रो स्थानमा प्रकाशमान सिंह प्यानलबाट उम्मेदवार बनेका विश्वप्रकाश शर्मा रहेका छन् ।

तेस्रो स्थानमा पार्टी सभापति शेरबहादुर देउवा प्यानलका उम्मेदवारद्वय प्रकाशशरण महत र प्रदीप पौडेल उनीहरूभन्दा पछि परेका छन् । शेखर कोइराला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका गगन थापा सबैभन्दा अगाडि हुँदा सोही प्यानलका अर्का उम्मेदवार मिनेन्द्र रिजाल भने पाँचौ स्थानमा छन् ।

१४९५ मत गणना हुँदा गगन थापाले सबैभन्दा बढी ९५५ मत पाएका छन् । विश्वप्रकाश शर्माले ६६० मत पाएका छन् । प्रकाशशरण महतले ४९१, प्रदीप पौडेलले ४४९ र मिनेन्द्र रिजालले २७५ मत पाएका छन् ।

Blog Post Ad Blog Post Ad