रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालको घोषणा

काठमाडौं,१ पुस । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भीम मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन् ।
रिजालले लेखेका छन्,‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।’
अहिलेसम्म २१२० मत गन्दा गगन थापा १३८५ र विश्वप्रकाश शर्मा ८५१ मतसहित अगाडि रहेका छन् । प्रकाशशरण महत ६९८ मतसहित तेस्रो स्थानमा छन् । यसअघि तेस्रो स्थानमा रहेका प्रदीप पौडेल भने ६२१ मतसहित चौथो स्थानमा झरेका छन् । त्यस्तै मीनेन्द्र रिजालले ३२६ मत प्राप्त गरेका छन् । त्यस्तै राजाराम कार्कीले ५९ मत प्राप्त गरेका छन् ।