Ad Area

प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. लामिछाने


दाङ, २ पुस । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. बसन्त लामिछाने नियुक्त भएका छन् ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय बैठकबाट उनलाई निमित्त उपकुलपतिको जिम्मेवारी तोकेको हो । प्रतिष्ठानका शिक्षाध्यक्षसमेत रहेका डा. लामिछानेलाई अर्को उपकुलपति नियुक्त नभएसम्मका लागि उपकुलपतिको हैसियतले कामकाज गर्ने गरी निमित्तको जिम्मेवारी दिइएको मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका वरिष्ठ अस्पताल नर्सिङ प्रशासक सकुन्तला प्रजापतिले जानकारी दिइन् ।

उनका अनुसार डा. लामिछानेलाई अर्को व्यवस्था नभएसम्मका लागि प्रतिष्ठानको प्रशासनिक, आर्थिक, शैक्षिक तथा प्राज्ञिक कार्यहरू गर्ने गरी निमित्त उपकुलपतिको जिम्मेवारी दिएको हो ।

Blog Post Ad Blog Post Ad