हाप्किडो संघको घोराही समिति गठन

दाङ,३ पुस । घोराहीमा भएको खेलाडीहरुको भेलाले हाप्किडो संघ घोराही उपमहानगरपालिका समिति गठन गरेको छ ।
दाङ जिल्ला हाप्किडो संघका अध्यक्ष भुवन बुढा मगरको अध्यक्षता तथा नेपाल मार्शल आर्ट्स हाप्किडो संघको केन्द्रीय सदस्य टिकाराम घर्तीमगरको प्रमुख आतिथ्यतामा शनिवार भएको भेलाले बसन्त घर्तीमगरको अध्यक्षतामा हाप्किडो संघ घोराही उपमहानगरपालिका समिति गठन गरेको हो ।
समितिको उपाध्यक्ष गोपाल बुढामगर, उपाध्यक्ष अरुण पुनमगर, सचिव हुकुम गिरी, कोषाध्यक्ष जुद्ध गिरी रहेका छन् । संघको सदस्यहरु द्रोण बहादुर बिष्ट, शिशिर पुनमगर, राजकुमार रोकामगर, सन्दिप सिंह सुनार, भीम बहादुर खत्री, चेतन वली,केशव घर्तीमगर र दीपक पुनमगर रहेका छन् ।
समितिको शनिवार बसेको पहिलो बैठकले आउने माघ महिनाको १ गते घोराहीमा दाङ जिल्ला विद्यालय स्तरीय हाप्किडो च्याम्पियनसिप गर्ने निर्णय भएको छ । उक्त च्याम्पियनसिमा जिल्लाका ३० बढी विद्यालयहरुका खेलाडीहरुको सहभागिता रहने समितिले जनाएको छ ।