Ad Area

प्रधानमन्त्री कप महिला क्रिकेट : लुम्बिनीको पहिलो जीत


धनगडी,३ पुस । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा अन्तर्गत शनिवार भएको दोस्रो खेलमा लुम्बिनी प्रदेशले वाग्मती प्रदेशलाई सात विकेटले हराएको छ ।

वाग्मतीले दिएको ७६ रनको लक्ष्य लुम्बिनीले १२ ओभर पाँच बलमा ३ विकेट गुमाएर भेटायो । लुम्बिनीको लागि सरस्वती जीएमले नटआउट २९ रन बनाइन् । यसअघि पहिले ब्याटिङ गरेको वाग्मतीले सात विकेट गुमाएर ७५ रन बनाएको थियो ।

वाग्मतीका लागि हेलिसा गुरुङले सर्वाधिक २८ रन बनाइन् । बलिङतर्फ लुम्बिनीकी मधू डिसीले तीन र सुस्मिता भुसालले दुई विकेट लिए । प्रधानमन्त्री कम महिला क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश नं. १ बिजयी भएको थियो । प्रदेश नं. १ ले उद्घाटन खेलमा कर्णाली प्रदेशलाई हराएको थियो ।

Blog Post Ad Blog Post Ad