Ad Area

पत्रकार महासंघ दाङद्वारा वेवसाइट सार्वजनिक


दाङ, ३ पुस । नेपाल पत्रकार महासंघ दाङले आफनो २९औँ स्थापना दिवसको अवसरमा वेवसाइट सञ्चालनमा ल्याएको छ । वेवसाइटको नाम http://fnjdang.org राखिएको छ । एक कार्यक्रमको आयोजना गरी शुभारम्भ गरिएको हो । वेवसाइटको उद्घाटन नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमले गरेका हुन् ।

वेवसाइटको उद्घाटन गर्दै गौतमले महासंघ समयानुसार प्रविधिको प्रयोग गर्दै अगाडि बढेको बताए । ‘कालो टिनको बाकसबाट डिजिटलमा पुगेको छ’, उनले भने, ‘प्रविधिको प्रयोगले सूचना सहज रूपमा प्राप्त गर्न सकिने छ, वेवसाइटमार्फत् इतिहासको संरक्षणमा सहयोग पुग्नेछ ।’ वेवसाइटमा राखिने सूचना जानकारी आधिकारिक बनाउनुपर्ने उनले बताए ।

नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार सुदीप गौतमले सूचना तथा जानकारी लिनका लागि यसले सहयोग गर्ने बताए । यसको सदुपयोग गर्न समेत उनले आग्रह गरे । सञ्चालनमा ल्याइएको वेवसाइटलाई निरन्तरता दिन समेत उनले सुझाव दिए । महासंघका अध्यक्ष दुर्गालाल केसीले वेवसाइटलाई पत्रकारिताको पुस्तकालयको रूपमा अगाडि बढाइने बताए । यसका लागि योजना बनाएर आफूहरू लागिपरेको बताए ।

कार्यक्रममा बोल्ने वक्ताहरूले वेवसाइटलाई निरन्तरता दिनुपर्ने बताएका थिए । सञ्चालनमा ल्याएर मात्र नहुने भन्दै यसको नियमित अपडेट हुनुपर्ने बताएका थिए । त्यस अवसरमा महासंघका पूर्व अध्यक्ष केएल पीडित, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सुलोचना गौतम, प्रेस चौतारीका केन्द्रीय सदस्य टीका बस्नेत, प्रेस सेण्टरका जिल्ला अध्यक्ष पाण्डवप्रसाद शर्मालगायतले विचार राखेका थिए । महासंघका उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव आरके शीतलले गरेका थिए ।

यसैबीच महासंघको स्थापना दिवसको अवसरमा आइतवार हुने कार्यक्रममा सहभागिताका लागि समेत सबैलाई आग्रह गरेको छ । आइतवार विहान ११ बजे आप्mनै सभाहलमा कार्यक्रम आयोजना गरिएको महासंघले जनाएको छ । स्थापना दिवसको अवसरमा पुस १ गतेदेखि विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad