Ad Area

प्रतिष्ठानमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया


दाङ,७ पुस । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पहिलोपटक मेरुदण्ड (posterior pedicle screw fraction and fusion) को सफल शल्यक्रिया गरिएको छ ।

घोराही उपमहानगरपालिका–७ सौडियार निवासी ३३ बर्षीय महिलाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरुदण्डको सफलतापूर्वक शल्यक्रिया गरिएको हो । रुखवाट लडेर घाइते भएकी उनको १० दिन अगाडी प्रतिष्ठानको इमरजेन्सी विभागमा ढाड दुख्ने समस्या लिएर आएकोमा x-ray परीक्षणवाट मेरुदण्डको हड्डी भाँचिएको पत्ता लगाएपछि शल्यक्रिया गरिएको हो ।

शल्यक्रिया पश्चात २ दिनपछि (-wheel Chair Ambulation) गरी १ दिनपछि ढाडमा पेटी लगाई विरामी हिंडेको र शल्यकृयाको ७ दिनमा विरामीको अवस्था सामान्य भई हाल विरामी वेल्ट लगाएर हिड्डुल गर्न सक्ने भएपछि डिस्चार्ज गरिएको छ । प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ डा सागर पन्थी नेतृत्वको चिकित्सक, स्वास्थ्यकर्मी र नर्ससहितको टोलीले सफलतापूर्वक अप्रेसन गरेको हो ।

Blog Post Ad Blog Post Ad