Ad Area

निजी क्षेत्रसंग सहकार्य गरेर अगाडि बढने छौ : अध्यक्ष भण्डारी


दाङ, ८ पुस । नेपाल जेसीजका नवनिर्वाचित अध्यक्ष लालमणि भण्डारीले निजी क्षेत्रसंग सहकार्य गरेर अगाडि बढने बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन ।

‘म आफनो कार्यकालमा निजी क्षेत्रसंग पार्टन सिपको रुपमा अगाडि वढाउने योजनामा रहेको छु ’ अध्यक्ष भण्डारीले भने । यसका लागि नेपाल उद्योग वाणिज्य महासंघ तथा जिल्ला नगर उद्योग वाणिज्य संघलाई सहयोग गर्न समेत उनले आग्रह गरे । सबै मिलेर अगाडि वढेमा नै सामाजिक कार्य गर्न सकिने उनको भनाइ रहेको थियो ।

संघका पुर्व अध्यक्ष चन्द्रराज पन्तले जेसीज युवाहरुको संस्था भएपनि सामाजिक कार्यमा अग्रसर रहेको बताए । सामाजिक कार्यलाइ निरन्तरता दिन समेत उनले आग्रह गरे ।कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिह वुढाथोकीको अध्यक्षतामा भएको थियो ।

संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रममा सहभागि लाइ धन्यावाद ज्ञापन संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले गरेका थिए । कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad