Ad Area

ख्रिष्टमस विशेष संस्कृतिक कार्यक्रम


घोराही, ८ पुस । घोराही उपमहानगरपािलका–१४ को सुन्दर नगरटोलमा ख्रिष्टमस तथा अङ्ग्रेजी नयाँ वर्षको शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।

लिबरटी चर्चका पाष्टर दिलिप ताम्राकारको अध्यक्षता तथा इनलासे नेपालका कम्युनिटी कोच पुर्ण सुनारको प्रमुख आतिथ्यतामा कार्यक्रम गरि शुभकामना आदनप्रदान गरिएको हो ।

सुन्दर नगर टोलका अध्यक्ष रुपलाल विक, दुर्गा भवानी टोलका अध्यक्ष रञ्जिता नेपाली, पाष्टर ताम्राकारले कार्यक्रममा बोल्दै येशु ख्रिष्टको जन्म उत्सवलको सन्देश सबैसामु पु¥याउन कार्यक्रम गरिएको बताएका थिए ।

कार्जाही चर्चका जीवन रोकाको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण सजना ताम्राकार र हिरा क्षेत्रीले गरेी थिइन ।

Blog Post Ad Blog Post Ad