हाप्किडो संघको तुलसीपुरनगर समिति गठन

दाङ,८ पुस । तुलसीपुरमा भएको खेलाडीहरुको भेलाले हाप्किडो संघ तुलसीपुर उपमहानगरपालिका समिति गठन गरेको छ ।
दाङ जिल्ला हाप्किडो संघका अध्यक्ष भुवन बुढा मगरको अध्यक्षता तथा नेपाल मार्शल आर्ट्स हाप्किडो संघको केन्द्रीय सदस्य टिकाराम घर्तीमगरको प्रमुख आतिथ्यतामा विहिवार भएको भेलाले गणेश घर्तीमगरको अध्यक्षतामा हाप्किडो संघ तुलसीपुर उपमहानगरपालिका समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा सम्शेर गिरी र विवेक वली, सचिवमा रोहन बस्नेत, कोषाध्यक्षमा भुवन गौतम रहेका छन् । संघको सदस्यहरु हेमन्त केसी, कमल बिष्ट, केशव खनाल,कमल चौधरी,गंगा राजवंन्सी,हिरामणि विक,अस्मिता परिवार र समिर खनाल रहेका छन् ।
समितिको शनिवार बसेको पहिलो बैठकले आउने माघ महिनाको १ गते घोराहीमा दाङ जिल्ला विद्यालय स्तरीय हाप्किडो च्याम्पियनसिप गर्ने निर्णय भएको छ । उक्त च्याम्पियनसिमा जिल्लाका ३० बढी विद्यालयहरुका खेलाडीहरुको सहभागिता रहने समितिले जनाएको छ ।