Ad Area

लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो खेलाडी छनौट सुरु


लक्ष्मण बस्नेत
दाङ,८ पुस । लुम्बिनी प्रदेशस्तरिय तेक्वान्दो छनौट प्रतियोगिता बिहिवारदेखि दाङको तुलसीपुरमा सुरु भएको छ । नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेशको आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश सासद माननीय शंकर गिरीले गरेका हुन ।

प्रतियोगिताको उद्घाटन गर्दै सासद गिरीले खेलकुद मानव जीवनको अभिन्न अंग भएको बताएका थिए । मानव स्वास्थ्यसंगै रास्ट्रको शान र गौरव उच्च राख्न खेलकुदको महत्वपूर्ण भूमिका खेल्ने गरेको बताए । खेलकुदलाई आफू नखेलेर पनि गर्व लाग्ने थलोको रुपमा बुझेको भन्दै खेलकुदमा भएको अनुशासन र सम्मानले जीवनको हरेक पद्धतिलाई सुन्दर बनाउन सहयोग पुग्ने बताए ।

कार्यक्रम नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेश अध्यक्ष बिमल रिजालको अध्यक्षता तथा लुम्बिनी प्रदेश सासद शंकर गिरीको प्रमुख आतिथ्यमा भएको थियो । त्यसअबसरमा नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेश कोषाध्यक्ष तथा कार्यक्रम संयोजक मोहन सुनारले प्रतियोगिता बारे जानकारी गराएका थिए ।

नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेश उपाध्यक्ष जितबहादुर केसीको स्वागत रहेको कार्यक्रमको संचालन महासचिव बिनिल केसीले गरेका थिए । दुईदिनसम्म संचालन हुने प्रतियोगिताको महिला तथा पुरुष तर्फ ८ र ८ तौल समुह र पुम्सेतर्फ कडा प्रतिस्पर्धा हुनेछ । प्रदेश छनौट भएका खेलाडीहरुले नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको आयोजना यहि पुस १५ देखि १७ गतेसम्म काठमाडौमा हुने मेयर कप रास्ट्रीय तेक्वान्दो प्रतियोगितामा भाग लिनेछन ।

प्रतियोगितामा लुबिनी प्रदेशका दाङ,बाके,बर्दिया, रुपन्देही,अर्घाखाँची,रोल्पा र प्युठानका गरि एकसय पचासी खेलाडीको सहभागिता रहेको दाङ जिल्ला तेक्वान्दो संघका सचीव बमबहादुर बिकले जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad