Ad Area

प्रहरीकै मोटरसाइकलमा कारागारका नाइके फरार


दाङ, ८ पुस । दाङमा कर्तव्य ज्यानमुद्दामा २० वर्ष कैद फैसला भई सजाय भुक्तान गरिरहेका एक व्यक्ति भागेका छन्। घोराहीस्थित कारागारमा रहेका राजपुर गाउँपालिका निवासी २८ जयराम परियार बिहीबार अस्पतालबाट भागेको प्रहरीले जनाएको छ।

घोराही कारागारका नाइके समेत रहेका परियार विहिवार दिउँसो फरार भएकोे जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिएका छन् । उनका अनुसार परियार बिहान छालाको उपचार गर्न भन्दै घोराहीस्थित एक अस्पतालमा बिहान ११ बजेतिर प्रहरी जवान धनबहादुर चौधरीसँगै लु३४प ४१० नम्बरको मोटरसाइकल चढेर गएका थिए । उपचारका लागि भनेर हतकडी खोलेपछि परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लगेर भागेका हुन ।

प्रहरी जवान चौधरीको मिलेमतोको परिवार भागेको आशंका भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी काफ्लेले बताए । घटनाबारे चौधरीले दिउँसो चार बजेतिर मात्रै जानकारी गराएका थिए । एसपी काफ्लेका अनुसार परियारलाई भगाउन चौधरीले भूमिका शंकास्पद देखिएपछि उनलाई थुनामा राखेका अनुसन्धान भैरहेको बताए ।

परियारले अहिलेसम्म साढे सात वर्ष कैद सजाय भुक्तानी गरिसकेका थिए। परियारको खोजीमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Blog Post Ad Blog Post Ad