Ad Area

एघार दिनमा सकियो कांग्रेसको मतगणना, आयो यस्तो नतिजा !


दाङ ८, पुस । नेपाली कांग्रसको १४ औं महाधिवेशन अन्तर्गत नेतृत्व चयन प्रकृया सकिएको छ । गत मंसिर २४ गते उदघाटन भएर २७ गते निर्वाचन भएको कांग्रेसको केन्द्रीय समितिको मतगणना पुस ८ गते बिहीबार साँझ सकिएको हो ।

कांग्रेसमा १३४ पदका लागि निर्वाचन भएको थियो । १३४ पदका लागि ४८७ उम्मेदवारको प्रतिस्पर्धा भएको थियो । जस अनुसार, सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार, बद्री पाण्डे, फरमुल्लाह मन्सुर, भीष्मराज आङ्देम्बे, किशोरसिंह राठोर, महेन्द्र यादव, उमाकान्त चौधरी निर्वाचित भएका छन् ।

यस्तै, खुलातर्फ (३५ जना) केन्द्रीय सदस्यहरुमा डा. शशांक कोइराला, एनपी साउद, बालकृष्ण खाँण, उदय शमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, जिपछिरिङ लामा, अर्जुननरसिंह केसी, जितजङ्ग बस्नेत, गोपालमान श्रेष्ठ, मोहनबहादुर बस्नेत, सुनिलबहादुर थापा, नैनसिंह महर, दिलेन्द्रप्रसाद बडु, रामशरण महत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दिपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, राजिव ढुंगाना, गुरु बराल, सञ्जयकुमार गौतम, गोविन्दराज पोखरेल, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, गणेश लामा, दिनेश कोइराला, उमेशजङ्ग रायमाझी, मोहन आचार्य, गोपाल दहित र कृष्णकिशोर घिमिरे रहेका छन् ।

महिला खुलातर्फ (९ जना) सदस्यहरुमा, डिला संग्रौला, पुष्पा भुसाल, आरजु राणा देउवा, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, सरिता प्रसाई, रमा कोइराला पौडेल, सुशीला ढकाल आचार्य, रंगमति शाही निर्वाचित भएका छन् ।

आदिवासी जनजाति (७ महिलासहित १५ जना) मा चिनकाजी श्रेष्ठ, उमेश श्रेष्ठ, बहादुरसिंह लामा, दिलमान पाख्रिन, टेकबहादुर गुरुङ, आङ्गेलु शेर्पा, तारामान गुरुङ, टेकप्रसाद गुरुङ, सीता गुरुङ, अन्जनी श्रेष्ठ, सरस्वती बजीमय, गंगा लक्ष्मी, माया राई, सीता राना र सुशीला थिङ निर्वाचित भएका छन् ।

खसआर्य (६ महिलासहित १३ जना) मा केशवकुमार बुढाथोकी, गोविन्द बहादुर शाह, भीम पराजुली, मधु आचार्य, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की, गेहेन्द्र गिरी, मञ्जु खाण, प्रतिमा गौतम, नानु बाँस्तोला, कान्तिका सेजुवाल, चम्पादेवी खड्का र विद्यादेवी तिमिल्सिना निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

दलिततर्फ (४ महिलासहित ९ जना) मा मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’, हरिशरण नेपाली, नृपबहादुर वड, मैकुलाल बाल्मीकी, लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार विक र रुपा विक निर्वाचित भएका छन् ।

मधेशीतर्फ (४ महिलासहित ९ जना) मा अजयकुमार चौरसिया, चन्द्रमोहन यादव, महेन्द्रकुमार राय, विनोदकुमार चौधरी, दिनेशकुमार यादव, नागिना यादव, मञ्जुकुमारी यादव, मिनाक्षी झा र मुक्ताकुमारी यादव निर्वाचित हुँदा थारूतर्फ (२ महिलासहित ४ जना) मा रामजनम चौधरी, योगेन्द्र चौधरी, कल्पना चौधरी र जीवन राना पनि निर्वाचित भए ।

मुस्लिमतर्फ (१ महिलासहित ३ जना) मा अब्दुल रज्जाक, अब्दुल सतार र जवेदा खातुन निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ । यसैगरी, अल्पसंख्यकतर्फ (१ जना) मा प्रदीपकुमार सुनुवार, अपाङ्गतातर्फ (१ जना) मा मदनकृष्ण श्रेष्ठ, पिछडिएको क्षेत्रतर्फ (१ जना) मा अर्जुनबहादुर सिंह निर्वाचित भएका छन् ।

यसैगरी, प्रदेश १ मा अमृत अर्याल, राजीव कोइराला र महेन्द्रकुमारी लिम्बू, प्रदेश २ मा रमेश रिजाल, आनन्द ढुंगाना र चित्रलेखा यादव, बागमती प्रदेशमा राजेन्द्रकुमार केसी, ध्यानगोविन्द रञ्जित र उर्मिला नेपाल केसी, लुम्बिनी प्रदेशमा देवेन्द्रराज कँडेल, चन्द्रबहादुर केसी र शिला शर्मा खड्का, गण्डकी प्रदेशमा ध्रुव वाग्ले, कृष्णचन्द्र पोखरेल र सरस्वती अर्याल तिवारी, कर्णाली प्रदेशमा कर्णबहादुर बुढा, राजीव विक्रम शाह र जानकी सिंह र सुदूरपश्चिम प्रदेशमा यज्ञराज जोशी, रणबहादुर रावल र सुशीला मिश्र भट्ट निर्वाचित भए ।