Ad Area

दाङमा राष्ट्रियस्तरको टेबलटेनिस प्रतियोगिता


घोराही, १६ पुस । दाङमा राष्ट्रियस्तरको टेबलटेनिस प्रतियोगिता शुरू भएको छ । शुक्रवारवाट तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को कभर्डहलमा भएको प्रतियोगितामा दाङसहित देशभरका २८ टिमको सहभागिता रहेको छ ।

नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको तेस्रो स्मृति दिवसको अवसरमा युथ अफ तुलसीपुरको आयोजनामा राष्ट्रियस्तरको टेबलटेनिस प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री सुरेन्द्र हमालले गर्नुभएको हो । मन्त्री हमालले खेलखुदले आपसी मेलमिलापको सन्देश दिने बताए ।

उनले कोरोना महामारीका कारण थला परेको अवस्थामा खेलकुद क्षेत्रलाई युथ क्लबले राष्ट्रियस्तरको प्रतियोगिता संचालन गर्दा खेलाडी र खेलप्रेमीलाई उत्साह थपेको बताए ।

मन्त्री हमालले खेलकुदको विकास र प्रवद्र्धनमा स्वर्गिय नेता खुमबहादुर खड्काको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे । उनले खेलकुदले मेलमिलापको सन्देश दिने बताउँदै टेबलटेनि प्रतियोगितालले स्वर्गीय नेतालाई स्मरण गराएको पनि बताए ।

टेबलटेनिसका केन्द्रीय उपाध्यक्ष विजेन्द्र हमालले खेलकुदमा राज्यको लगानी पर्याप्त नभएको बताए । उनले कारोनाले खेल गतिविधि कम हुँदै गएको अवस्थामा अहिलेको प्रतियोगिताले खेलाडीमा उत्साह थप्ने बताए ।

उद्घाटन कार्यक्रममा नेपाली कांगे्रसका महाधिवेशन प्रतिनिधि शम्भु शाह, कांग्रेस नेता महादेव शाह, छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसी, नेपाल तरूण दल दाङका सभापति टिका घर्तीले टेबलटेनि प्रतियोगिताले खेलाडीलाई उत्साह थपेको नभई स्वर्गिय नेता खड्को योगदानलाई स्मरण गराएको बताए ।

युथ अफ तुलसीपुरका अध्यक्ष बसन्त गीरीको अध्यक्ष तथा लुम्बिनी प्रदेशका बन तथा वावतारणमन्त्री सुरेन्द्र हमालको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो ।

युथ अफ तुलसीपुरका सल्लाहकार अरुण लहरको स्वागत मन्तव्यबाट शुरु भएको उद्घाटन कार्यक्रमको सहजीकरण प्रतियोगिताको प्रचारप्रसार संयोजक किरण केसीले गरेका हुन् ।

प्रतियोगितामा २५ जिल्ला र ३ विभागीय टिमको सहभागिता रहेको छ । पुरस्कारको राशी ३ लाख ८० हजार रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा मेन्स टीम र बुमेन्स टिमको प्रथम पुरस्कार ३० ÷ ३० हजार, द्धितिय पुरस्कार १५÷१५ हजार , तृतीय पुरस्कार नगद ५÷५ हजार र सान्तोना पनि ५÷५ हजार प्राप्त गर्ने छन् ।

यस्तै मेन्स र बुमेन्स सिंगलतर्फ नगद ४०÷४० हजार , द्वितिय पुरस्कार २०÷२० हजार, तृतीय र सान्तोना पुरस्कार ५÷५ हजार रहेको आयोजकले जनाएको छ । यस्तै मेन्स र बुमेन्सको जुनियरतर्फ प्रथम पुरस्कार ३०÷३० हजार, द्वितीय पुरस्कार १५÷१५ हजार र तृतीय र सान्तोना नगद ५÷५ हजार पुरस्कार राशी रहेको छ । । प्रतियोगिता पर्सि १८ गतेसम्म संचालन हुने आयोजक युथ अफ तुलसीपुरका अध्यक्ष गिरीले जानकारी दिएका छन् ।