Ad Area

दश वर्षमा खोरेत रोग उन्मूलन गर्ने लक्ष्य


दाङ १७, पुस । लुम्बिनी प्रदेश सरकारले अवको दश वर्षमा खोरेत रोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशले पशु चौपायामा लाग्ने खोरेत रोगलाई अवको दश वर्षमा उन्मूलन गर्ने लक्ष्य लिएको हो ।

अहिले दाङसहित प्रदेशका १२ वटै जिल्लामा खोरेत रोग विरुद्धको खोप लगाउन खोपकर्ता छनोट र तालिम दिन थालिएको छ । मन्त्रालयका पशुु विकास अधिकृत हुमकान्त पाण्डेका अनुसार प्रदेशभर अहिले करिव ४ सय खोपकर्ताको छनोट अन्तिम चरणमा पुगेको छ ।

खोरेत रोगलाई १० वर्षमा उन्मूलन गर्ने लक्ष्यका साथ सबै पशुु चौपायालाई अनिवार्य खोप अभियान चलाउन थालेको उहाँको भनाई छ । जसका लागि पहिलो चरणमा ६ लाख साढे ५२ हजार डोज खोप तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ ।

विषेश गरी वर्षायाममा खोरेत रोग पशुु चौपायाको खुुर र मुुखमा घाउ पार्ने गर्दछ । यता, दाङमा दशवटै स्थानीय तहबाट ८४ जना खोपकर्ता छनोट गरेर शुक्रबार एक दिन प्रशिक्षण दिईएको छ ।

जिल्लाभर एक लाख १७ हजारको हाराहारीमा पशुु चौपाया भएको अनुुमान रहेको र अहिले ८२ हजार ५ सय डोज खोप आएको कार्यालयका अधिकृत भरतराज देवकोटाले जानकारी दिए । पहिलो चरणमा गाई र भैँसीलाई लक्षित गरेर खोप अभियान ६-६ महिनामा चलाउने तयारी भएको उनको भनाई छ ।

भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र दाङका निमित्त प्रमुख सुुदाम भट्टको अध्यक्षतामा कार्यक्रम गरी खोपकर्ताहरुलाई प्रशिक्षण दिईएको छ । विज्ञ केन्द्रको समन्वयमा भएको कार्यक्रममा खोपकर्ताहरुलाई मन्त्रालयका पशुु विकास अधिकृत हुुमकान्त पाण्डे, इन्जिनियर अनिस श्रेष्ठ, सुरु श्रेष्ठ, विज्ञ केन्द्रका अधिकृत बिष्णुु न्यौपाने लगायतले सहजीकरण गरेका थिए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad