प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ !

दाङ १७, पुस । दाङको तुलसीपुरमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा तीन महिला र दुई पुरूष छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ की १९ वर्षीया मन्दिरा थापा, सोही वडाकै १९ वर्षीया दिपु नेपाली, तुलसीपुर ६ बरुवागाउँका २९ वर्षीय रूद्रमणि पोखरेल शर्मा, सोही ठाउँकी २४ वर्षीया उर्मिला चौधरी र तुलसीपुर ७ को सागरनगर टोलका ३० वर्षीय कैलाश नेपाली रहेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले ५ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर बरामद भएको जानकारी दिए ।
दुई दिनको अवधिमा यी पाँच जना पक्राउ परेको प्रहरीले जनाएको छ। केही समययता जिल्लामा लागुऔषधका गिरोह धमाधम पक्राउ परिरहेका छन् । समाजका लागुऔषधको कारोबार र प्रयोगकर्ता बढ्दै जानु घातक हो ।
यसलाई रोक्न प्रहरी, सरोकार निकाय र घरपरिवारबाटै प्रधावकारी पहल कदमी हुन जरुरी रहेको छ । किशोर किशोरीहरु समेत लागूऔषधको कुलतमा फस्दै गएको पाईनु समाज र राष्ट्रका लागि घातक रहेको प्रहरीको भनाई छ । पुस महिना मात्रै प्रहरीले तुलसीपुर क्षेत्रबाट २४ जना भन्दा बढीलाई ब्राउन सुगरसहित पक्राउ गरि सकेको जनाएको छ।