Ad Area

राप्ती साहित्य परिषद्को अध्यक्षमा उदासी


दाङ, १७ पुस । राप्ती साहित्य परिषद्को केन्द्रीय अध्यक्षमा साहित्यकार टीकाराम उदासी चयन भएका छन् ।

परिषद्को आज शनिबार सम्पन्न चौधौँ अधिवेशनबाट साहित्यकार उदासी अध्यक्षमा चयन भएका हुन् । परिषद्को वरिष्ठ उपाध्यक्षमा कमलमणि देवकोटा सर्वसम्मत चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा दीपक शर्मा समीर, कविता उपाध्याय, विमला खनाल, प्रविण भण्डारी, मनलाल वली, कमानसिं विष्ट चयन भएका छन् ।

परिषद्को महासचिवमा रमेश सुवेदी, सचिवमा आदिम के।सी। र कोषाध्यक्षमा खेमराज मल्ल चयन भएका छन् । त्यस्तै सदस्यमा छविलाल कोपिला, गोपाल भुसाल अभिलाषी, सरीता देवकोटा, इन्द्र भण्डारी अङ्कित, सरीता चलाउने, माहनसिंह घर्ती मगर, सिर्जना शर्मा, ओम बहादुर खत्री, पूर्णबहादुर वली, ओम पन्छी, गीता निर्दोषी, नारायण रेग्मी जिज्ञासु, जमुना गौतम, शिवकुमार शाही, गोविन्द पुन गिरीष, देवेन्द्रकुमार रिजाल र नवराज शर्मा, शान्ता गिरी रहेका छन् ।

निर्वाचन अध्यक्ष मण्डलमा डा. अमर गिरी, सुशील गौतम र डि।बि। टुहुरो रहेका थिए ।

Blog Post Ad Blog Post Ad