Ad Area

‘जनतालाई सहज सेवा नै कर्मचारीको प्राथमिकता’


दाङ, १८ पुस । कर्मचारीहरू स्थायी सरकार भएकाले कानुन कार्यान्वयनसंगै जनतालाई सहज रूपमा सेवा दिन ध्यान दिनुपर्ने एक कार्यक्रमका सहभागिले वताएका छन् । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमितिको सनिवार सम्पन्न आठौ जिल्ला अधिबेशनमा बोल्ने बक्ताहरूले यस्तो बताएका हुन । उनीहरूले कर्मचारीहरूलाई स्तरीय सेवासगै अधिकारका लागि एकजुट हुन समेत आग्रह गरेका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिपक गिरीले देशको स्थायी सरकार कर्मचारी भएको भन्दै कर्मचारीहरूलाई जनताको सेवासँगै सरकारलाई सफल बनाउने गरि काममा लाग्न आग्रह गरेका थिए । उनले वर्तमान सरकार कांग्रेसको भएको र कांग्रेसकै नेतृत्वमा कर्मचारीहरूका लागि धेरै अधिकार समेत निर्माण भएकाले बर्तमान सरकारलाई सफल बनाउनदेखि कांग्रेसको संगठन निर्माणका लागि समेत कर्मचारीलाई भूमिका खेल्न आग्रह गरेका थिए । उनले नेपालको राजनीतिक परिवर्तनसँगै राष्ट निर्माणमा समेत कर्मचारीको योगदान रहेको बताए ।

त्यसैगरेर नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले कर्मचारीहरू देशको स्थायी सरकार भएको भन्दै स्थायी सरकारले जनताको सेवासंगै युनियन र पार्टीलाई जनतासम्म लोकप्रिय बनाउने गरि काम गर्न आग्रह गरे । उनले सरकारलाई सफल बनाउने वा नवनाउने भन्ने मुख्य काम कर्मचारीहरूमारहेकाले कानुन कार्यान्वयन गराउनेदेखि जनताको कामलाई प्राथमिकतामा राखेर काम गर्न कर्मचारीलाई आग्रह गरेका थिए । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले कर्मचारीले आफ्नो काम,कर्तव्य र अधिकारसंगै पार्टी र जनतालाई सम्झेर काम गर्नुपर्ने बताएका थिए । कर्मचारी स्थायी सरकार भएको भन्दै उनले स्थायी सरकारका रूपमा रहेका कर्मचारीहरूले जनतासंगै पार्टीको हितका लागि समेत काम गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति राजु खनाल, कांग्रेसका लुम्बिनी प्रदेश सहमहामन्त्री खगराज पाण्डे, नेपाली कांग्रेसका जिल्ला सभापति शंकरप्रसाद डागी, नेपाली कांग्रेसका क्षेत्र २ का सभापति भीमप्रकाश खड्का, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य कृष्ण सिजाली, नेपाल निजामती कमंचारी युनियनका केन्द्रीय सचिव यज्ञबहादुर वली, युनियनका प्रदेश अध्यक्ष उत्तम कटुवाल, नेपाल निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन दाङका अध्यक्ष दलबहादुर बस्नेत, कर्मचारी युनियनका सस्थापक अध्यक्ष चिन्तामणि न्यौपाने, नेपाल निजामती कर्मचारी युनियन रूपन्देहीका अध्यक्ष झगबहदुर आले, नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष शेरबहादुर केसीलगायत वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

अधिबेशनका अबसर उत्कृष्ट काम गर्ने कर्मचारीहरू बिरबहादुर राम्जा पुन, मुक्तिराम खनाल र कृष्ण बहादुर भण्डारीलाई सम्मान गरिएको थियोे । त्यस अवसरमा सेवानिवृत भएका कर्मचारीहरूलाई कदरपत्रले सम्मान गरिएको थियो । उपाध्यक्ष रेश्मीराज अधिकारीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण सचिव शरद घिमिरेले गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad