Ad Area

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा ६ जनाको उम्मेदवारी


दाङ, २० पुस । राष्टियसभा निर्वाचनका लागि लुम्बिनीमा प्रदेशमा ६ जनाको उम्मेदवारी परेको छ । लुम्विनी प्रदेशमा फागुनदेखि खाली हुने ३ सिटका लागि सत्ता गठवन्धनका तर्फबाट ३ जना र नेकपा एमालेका ३ जना गरी जम्मा ६ जनाले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका हुन ।

सत्ता गठबन्धनकातर्फ कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजबादीबाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाबाट अर्घाखाँचीका तुलप्रसाद बिश्वकर्माले उम्मेदवारी दर्ता गराएको लुम्बिनी प्रदेश राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालयका प्रमुख निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिएका छन् ।

त्यसैगरी एमालेका तर्फबाट दाङका रामदयाल गुप्ता, बाँकेका भारती उपाध्याय र गुल्मीका कृष्ण सुनारले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताका लागि पार्टीका नेताहरुसहित उम्मेदवारीस्थल पुगेका छन् ।

राष्ट्रियसभाका लागि लुम्बिनी प्रदेशमा महिला सदस्य, दलित सदस्य र अन्य समुदायको सदस्य गरी रिक्त हुन थालेको ३ सिटका लागि निर्वाचत हुन थालेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका निमित्त प्रमुख निमराज भट्टराईले जानकारी दिएका छन् । निर्वाचनका लागि लुम्बिनी प्रदेशमा २ सय ९६ मतदाता संख्या रहेको छ । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले मतदान गर्न पाउने व्यवस्था रहेको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad