Ad Area

यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार दुई आचार्यलाई


दाङ, २० पुस । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले हरेक वर्ष प्रदान गर्दै आइरहेको यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कारबाट छनोट गर्नका लागि पुरस्कृत व्यक्ति छनोट गरेको छ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार तथा पुरस्कार छनोट समितिका संयोजक डा. लोकराज पराजुलीको अध्यक्षतामा सोमवार बसेको बैठकले यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार–२०७७ बाट लोक गायक तथा संस्कृतिविद् डा.गोबिन्द आचार्य र २०७८ बाट साहित्यकार तथा संविधानविद अर्जुन मिलन (डा. भीमार्जुन आचार्य) लाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कृत प्रतिभा छनोट समितिका सदस्यहरूमा सोही पुरस्कारबाट सम्मानित भएका विश्व कीर्तिमानी संङ्गीतकार सन्तोष श्रेष्ठ र परिषद् जिल्ला शाखा दाङका उपाध्यक्ष शारदा शर्मा सदस्य रहेको तीन सदस्यीय प्रतिभा छनोट समिति रहेको थियो । पुरस्कार समाजसेवी मनोज बुढाथोकीले आफ्नो बुवा स्व. यज्ञबहादुर बुढाथोकीको स्मृतिमा स्थापना गरेका हुन् ।

यस अगाडि यो पुरस्कारबाट विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, गायिका चन्द्रकला शाह, महाकाव्यकार बुनु लामिछाने, गीतकार प्रकाश केसी सम्मानित एवं पुरस्कृत भइसकेका छन् । पुरस्कार राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको बार्षिकोत्सवको अवसरमा कार्यक्रम आयोजना गरी प्रदान गरिने राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरले जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad