Ad Area

वौद्धिक अपाङ्गता भएका बालबालिकालाई सहयोग गर्दै पत्रकार जिएमले मनाए आफ्नो जन्मदिन


घोराही, २१ पुस । पत्रकार तथा कथाकार दिपक जिएमले बुधवार आफ्नो जन्मदिनको अवसरमा वौद्धिक अपाङ्गता भएका बालबालिकालाई सहयोग गरेका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्वर १४ मा रहेको बालमन्दिर आधारभूत विद्यालयमा अध्ययन गर्दै आएका बौद्धिक अपाङ्गता भएका बालबालिकालाई जन्मदिनको अवसरमा विभिन्न सहयोग सामग्री उनले सहयोग गरे ।

मानव र मानवताको धर्मअनुसार दिनदुखीलाई सहयोग गर्ने उद्देश्यका साथ जन्मदिन मनाएइका जिएम दाङको घोराहीबाट सन्चालित राजमार्ग अनलाईन डटकमका प्रधान सम्पादक एवं गणतन्त्र राष्ट्रिय दैनिकका सह-सम्पादक समेत हुन् ।

यस पटक उनले वौद्धिक अपाङ्गता भएका बालबालिकालाई १० थान तन्ना, १० थान सिरानी, ५ सय पिस मास्क र २४ थान फ्रुटी सहयोग गरे । विद्यालयका प्रधानाध्यापक विष्णु भण्डारीलाई उक्त सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।

Blog Post Ad

प्रधानाध्यापक भण्डारीले समाज सेवासँग आफुलाई जोडेर जन्मदिन मनाउनु निकै प्रशंसनीय कदम भएको भन्दै जन्मदिनको शुभकामना दिए । जिएमले बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई आफ्नो जन्मदिनमा केही वर्षयता सहयोग गर्दै आएका छन् ।

पत्रकार तथा कथाकार जिएमले विगत चार वर्षदेखि आफ्नो जन्मदिन र आमाको पुन्यतिथीको अवसरमा विद्यालयलाई सहयोग गर्दै आएका बताए ।

Blog Post Ad Blog Post Ad