Ad Area

चलचित्र ‘चुरीफुरी’ शुक्रवारदेखि घोराहीमा


दाङ,२२ पुस । दाङको घोराहीमा रहेको स्वर्गद्वारी चलचित्र हलमा नेपाली कथानक चलचित्र ‘चुरीफुरी’ प्रदर्शनमा आउने भएको छ । विगत २ बर्षदेखि कोरोनाले थला परेको नेपाली चलचित्रलाई चलायमान बनाउने उद्देश्यले ऋषिराज आचार्यको लेखन, निर्माण तथा निर्देशनमा यहि पुसको ९ गतेदेखि देशभर प्रदर्शन भैरहेको चलचित्र चुरीफुरी शुक्रवारदेखि दाङको घोराहीमा रहेको स्वर्गद्वारी चलचित्र मन्दिरमा प्रदर्शनमा आउन थालेको हो ।

दर्शकको मागपछि पुनः प्रदर्शनमा आउन थालेको चलचित्र निर्माण पक्षले जानकारी दिएको छ । कोरोनाले थलिएको चलचित्र क्षेत्रलाई चलाएमान बनाउनका लागि जोखिम मोलेर प्रदर्शनमा ल्याएका चलचित्र चुरीफुरीले पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेको चलचित्रका निर्माता तथा निर्देशक ऋषिराज आचार्यले बताएका छन् । ‘कोरोना संक्रमण सकिएपछि हामीले जोखिम मोलेर पहिलो पटक पुसको ९ गतेदेखि नेपाली चलचित्र बजारमा ल्याएका हौं’,उनले भने,‘अहिले राम्रो बजार पाइरहेको छ । दर्शकले चलचित्रलाई मन पराइदिनुभएको छ ।’

हिन्दी चलचित्रहरु चलिरहेको समयमा आफ्नो टिमले जोखिम लिएर चलचित्र चलाएको भन्दै उनले पछिल्लो समय धेरै ठाउँहरुमा चलचित्रले राम्रो व्यापार गर्दै गएपछि शुक्रवार दाङको घोराहीमा रहेको स्वर्गद्वारी चलचित्र हलमा लाग्न थालेको बताए । ‘यसअघि हिन्दी चलचित्रका कारण फिल्मले हलमा पुरा सो पाउन सकेको थिएन’,उनले भने,‘तर दर्शकको माग बढ्दै गएपछि हलमा शुक्रवारदेखि दिउँसो र साँझ गरी दिनमा दुई सो प्रदर्शनमा आउन थालेको छ ।’ प्रदर्शनका क्रममा राम्रो प्रतिक्रिया आइरहेको र बिदेशका अन्य देशहरुबाट पनि प्रदर्शनको लागि चुरीफुरीको माग आइरहेको निर्देशक ऋषिराज आचार्यले बताएका छन् ।

सामाजिक विषयवस्तुसँगै मनोरञ्जनले भरिएको कमेडी चलचित्र चुरीफुरीमा कलाकारहरु रबिन्द्र झा, सुबोध गौतम, राजिबजंग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, पुजा पन्त, सोना बज्राचार्य, दिपक आचार्य ,सुरबिर पन्डित, सुनिता श्रेष्ठ ,राजेन्द्र खाती, रश्मी आचार्य, जोया ढकाल,तुलसी प्रसाद श्रेष्ठ, मनिल तामा ,ऋतु आचार्यलगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
चलचित्रमा संगीत दिपक शर्मा, कला बिजय आचार्य, स्वर समीर आचार्य ,विश्व नेपाली ,बेनिशा पौडेल, कोरीयोग्राफर भिमफेदी ग्रुप, छायांकन राहुल राई, सम्पादक नवीन निरौलाल, पार्सव संगीत हेमराज आश्रमको रहेको छ । त्यसैगरी चलचित्रको निर्मातामा ऋषिराज आचार्य ÷रीना ढकाल (भण्डारी), सहनिर्मातामा बिमला भुसाल, राजेन्द्र खाती, शिव थापा, खेमराज भण्डारी रहेका छन भने चलचित्रको लेखक÷निर्देशन ऋषिराज आचार्यले गरेका छन् ।

डि.सि.एन वितकरक रहेको चलचित्रको डिजिटल पार्ट्नर हाइलाइट नेपाल रहेको छ । दाङ तुलसीपुर निवासी निर्देशक थापाले यसअघि ‘ड्रिम गल्स’लगायतका चलचित्रहरु निर्माण गरिसकेका छन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad