Ad Area

मानव कल्याणद्वारा गोरखनाथ वैदिक गुरुकुल दाङमा खाद्यान्न सहयोग


दाङ २४, पुस । घोराही १७ स्थित सिद्ध रत्ननाथ मठद्वारा संचालित गोरखनाथ गुरुकुल दाङलाई मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रले २० हजार बराबरको खाद्यान्न सहयोग गरेको छ । गुरुकुलमा अध्यनरत बटुक तथा कन्याहरुलाई खाद्यान्न अभाव पूर्ति गर्न केन्द्रले सहयोग गरेको केन्द्रका कार्यक्रम व्यवस्थापक प्रदिप मजगैयाले जनकारी दिए ।

केन्द्रले आफ्ना सदस्यहरुबाट सहयोग संकलन गरि चामल, दाल, तेल ,भेली , नुन पिठो , सोयाबीन , चियापत्ती लगायत खाद्यान्न सामग्री सहयोग गरेको हो । गोरखनाथ गुरुकुलको सभाहलमा भएको औपचारिक सहयोग हस्तान्तरण कार्यक्रममा केन्द्रकि अध्यक्ष निर्मला गौतमले सहयोग सामग्री गोरखनाथ गुरुकुलका अध्यक्ष प्रकाश भट्टराईलाई हस्तान्तरण गरिन् ।

केन्द्रका पूर्व अध्यक्ष श्रीमन न्यौपाने, कमल गौतम, कोषाध्यक्ष माया पोखरेल,कार्यक्रम प्रवन्धक प्रदीप मजगैया लगायत उपस्थित थिए । गोरखनाथ गुरुकुलका अध्यक्ष प्रकाश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रका अध्यक्ष निर्मला गौतमले शुभकामना दिदै आगामि दिनमा अन्य सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गरिन्।

सो अवसरमा गुरुकुलका विद्यार्थीहरूले स्वस्ति वाचन र वैदिक मन्त्रोच्चारण गरेका थिए। कार्यक्रमको संचालन गोरखनाथ गुरुकुलका सचिव गुरुकलका सचिव तोयनाथ योगीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad