Ad Area

नेपाल मगर संघको १२ औँ केन्द्रिय महाधिवेशनका लागि उपसमिति गठन


घोराही २४, पुस । नेपाल मगर संघको १२ औँ केन्द्रिय महाधिवेशन दाङमा हुने भएको छ । संघको महाधिवेशन आगामी माघ १९ देखि २१ गते तीन दिनसम्म घोराहीमा हुने भएको हो । महाधिवेशनलाई सफल बनाउनका शनिबार विभिन्न उपसमिति पनि गठन गरिएको छ ।

महाधिवेशनलाई सफल बनाउनका लागि आर्थिक संयोजकमा दरजित रोकामगर, खाना, नास्ता तथा बास व्यवस्थापन संयोजकमा सितलाल पुनमगर, उद्घाटन तथा मञ्च व्यवस्थापन संयोजकमा खलुप्रसाद पुन मगरलाई चयन गरिएको छ । यसैगरी संचार संयोजकमा प्रेमविवश घर्ती मगर, साँस्कृतिक संयोजकमा मुक्त बुढामगर, स्वास्थ्य समिति संयोजकमा विष्णु पुन मगर रहेका छन् ।

यसैगरी स्वागत समिति संयोजकमा सावित्रा राणामगरलाई छनौट गरिएको छ । संघले महाअधिवेशन जिल्ला समन्वय समिति घोराहीको प्रांगणमा गर्ने भएको हो । महाधिवेशनमा दाङसहित देशैभर र विदेशबाट पनि प्रतिनिधि घोराहीमा आउने प्रचारप्रसार संयोजक प्रेमविवश घर्तीमगरले जानकारी दिए ।

नेपाल मगर संघका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज धनबहादुर पुन मगरको अध्यक्षता तथा नेपाल मगर संघका उपाध्यक्ष दलबहादुर विरकट्टा मगरको प्रमुख आतिथ्यता एवं नेपाल मगर संघका केन्द्रीय कोषाध्यक्ष कमला थापामगरको विशिष्ठ आतिथ्यतामा बैठक बसेको हो । बैठकको सहजीकरण केन्द्रिय सदस्य दरजित रोकामगरले गरेका थिए ।

Blog Post Ad Blog Post Ad