Ad Area

औषधि व्यवसायी संघ दाङको दोश्रो साधारणसभा तथा स्थापना दिवस सम्पन्न


दाड,२५, पुस । नेपाल औषधि व्यवसायी संघ दाङको दोश्रो साधारणसभा तथा स्थापना दिवस सम्पन्न भएको छ । संघका अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा आईतबार भएको कार्यक्रममा सहभागी वक्ताहरुले गुणयुक्त, असरयुक्त, जनसुरक्षित, सुलभ र सहज औषधि उपलब्ध गराउने संघको मुलभूत लक्ष्यलाई सफल बनाउँदै सबैको विश्वास जित्ने गरी जिम्मेवार ढंगले अघि बढ्नुपर्ने बताए ।

संघको संस्थागत विकाससँगै आगामी दिनमा कार्यगत एकतामा जोड दिँदै दक्ष जनशक्तिसहितको सेवालाई प्राथमिकता दिनुपर्ने संघका केन्द्रीय सदस्य प्रकाशकुमार श्रेष्ठले बताए । सामाजिक जनचेतना मूलक कार्यक्रम गर्ने, व्यावसायिक हीतका पक्षमा अभिमुखीकरण गर्ने काम अबको योजना बन्नु पर्ने बताउँदै उनले राज्यले तय गरेका नीति नियमका विषयमा पनि चासो राख्न आग्रह गरे ।

तर, उनले जनस्वास्थ्यमा प्रत्यक्ष असर हुने खालका औषधी गैरकानूनी ढंगले ल्याएर कतिपयले बिक्रि वितरण गर्दा पनि सरकारले चासो लिन नसकेको भन्दै ध्यानाकर्षण गराए । ‘खुला सिमाका कारण अवैध औषधि भित्रिने गरेको छ, राज्यको अदुरदर्शी नियमका कारण औषधि व्यवसायी मारमा परेका छन्, यस्ता कुरामा हामीले पनि पहल गर्नुपर्छ,’ कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले भने ।

सेवामुलक क्षेत्र भएको हुँदा यसका आचार संहितामा रही सभ्य र पारदर्शी ढंगले अघि बढ्न संघका प्रदेश उपाध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । संगठनको वृहत विकासका लागि जिल्ला प्रदेश र केन्द्र बीचको सहकार्य अबका दिनमा निरन्तर रहनुपर्ने प्रदेश महासचिव लोकराज न्यौपानेले बताए । कार्यक्रममा कोभिडका बेला लाखौं रुपैयाँको स्वास्थ्य सामग्री वितरण गरेको, असहाय अशक्तहरुलाई खाद्यान्न सहयोग गरेको बताउँदै आगामी दिनमा पनि सामाजिक क्षेत्रमा सहयोग गर्दै जाने बताइएको छ । हाल जिल्ला संघमा १५५ बढी सदस्यहरु आवद्ध भईसकेको बताउँदै यो संख्या बढाउँदै लैजाने लक्ष्य राखिएको छ ।

साधारणसभामा महासचिवको सांगठनिक प्रतिवेदन सचिव सुनिलकुमार रेग्मीबाट तथा कोषाध्यक्षको प्रतिवेदन सहकोषाध्यक्ष राईजीमान बुढाबाट प्रस्तुत भएको थियो । कार्यक्रममा प्रदेश सचिव सूर्यमणि न्यौपाने, सदस्य निमकुमार रावत (ध्रुव), दाङ जिल्ला पूर्व अध्यक्ष पारस थापा, सल्लाहकार प्रदीप योगी, भुवनेश्वर बुढा, बद्री खड्का, शरण थापा, युवराज धिताल, थोक औषधि व्यवसायी संघका जिल्ला अध्यक्ष शालिकराम आचार्य, नेपाल फार्मेसी संघ सुलभ अधिकारीलगायतको सहभागीता रहेको थियो । उपाध्यक्ष मधुसुदन पाण्डेको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण जिल्ला महासचिव श्यामकुमार गिरीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad