Ad Area

घोराहीमा खुल्यो नेपाली मौलिक पहिचान झल्कने ‘बिसौना रेष्टुरेण्ट’ [तस्बीरमा हेर्नुहोस्]


दाड २६ , पुस । नेपाली मौलिक पहिचान झल्कने संरचनादेखि खानाको स्वाद पाइने घोराहीमा करिव एक करोडको लगानीमा बिसौना रेष्टुरेण्ट सञ्चालनमा आएको छ । नेपाली परम्परा र संस्कृति झल्किने गरि करिव ९० लाख बढीको लगानीमा घोराही उपमहानगरपालिका १५ शहिद नेत्रलाल अभागी चोकमा बिसौना रेष्टुरेण्ट सञ्चालनमा ल्याईएको हो ।

घोराही निवासी तीन जना युवाहरुले मौलिक विशेषतासहितको रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन । अध्ययनसँगै विभिन्न व्यवसायमा लागेका घोराही उपमहानगरपालिका–१८ निवासी निरज गिरी, १४ निवासी रमेश बुढामगर र शिरकुमारी बुढामगर गरी तीन जना युवाले आफ्नै ठाउँमा केही गरौँ भन्ने उद्देश्यले व्यवसाय गरेको बताएका छन् ।

बजार क्षेत्रमा होटेल तथा रेष्टुरेण्टहरु खुलिरहेको समयमा आफुहरुले केही फरक तरिकाले व्यवसाय सुरु गरेको व्यवसायी निरज गिरीले बताए । .उनले आधुनिक संरचना निर्माण गरेरभन्दा परम्परागत नेपाली संस्कृति झल्कने संरचना निर्माणसँगै र मौलिक नेपाली परिकारको व्यवस्था गरेको बताए ।

Blog Post Ad

घोराही बजारको विचमा पनि दाउराकै आगोमा पकाएर आटो, ढिडो, सिस्नो, फापर, मकै, लोृकल कुखुरालगायतका अर्गानिक परिकारहरु ग्राहकलाई उपलव्ध गराउने गरि सञ्चालन गरेको उनले बताए । साथै उनले रेष्टुरेण्टमा अन्य आधुनिक ब्राण्डको समेत व्यवस्था रहेको बताए । ढाई कट्ठा जग्गा मासिक ४० हजारका दरले भाडामा लिएर संचालन गरिएको रेष्टुरेण्टमा अहिले ग्राहको आकर्षण बढेको छ ।

ग्राहकहरुलाई बस्नका लागि नेपालको तराई क्षेत्रमा बनेका पुराना खर, काठ र खपेटाले छाएका घरहरु निर्माणदेखि भुईमा गुन्द्री, बिरा, पिर्काहरुसँगै काठका मुढाहरु र कर्सीहरु राखिएर सजाईएको छ । घरको भित्तामा काठलाई आकर्षक रुपमा प्रयोग गर्नुका साथै बिसौना घर, रेष्टुरेष्ट, नेपाली चुलो, विचमा आकर्षक झरनालगायतका संरचनाले रेष्टुरेण्ट पुग्ने ग्राहकले खानपानसँगै सबै थकान मेट्ने गरेका सञ्चालक गिरीले बताए ।

बिसौना घर सञ्चाचन भएको अवसर पारेर सात दिनसम्म सांगीतिक साँझसमेत सुरु गरिएको छ । नेपालीहरुको मौलिक कला संंस्कृति संरक्षणमा सहयोग पुर्याउने र रेष्टुरेण्टमा आएका ग्राहकहरुलाई सन्तुष्टि दिने गरि सांगितीक साँझ गरिएको सञ्चालक गिरीले बताए । रेष्टुरेण्टमा अहिले १७ जनाले रोजगारी समेत पाएका छन् ।

Blog Post Ad Blog Post Ad