Ad Area

प्रलेस दाङ शाखाको नियमित बैठकले गर्यो विभिन्न निर्णय


घोराही २८, पुस । प्रगतिशील लेखक संघ दाङ शाखाको नियमित बैठकले घोराहीमा सम्पन्न भएको छ । संघका भुवन देवकोटा(शरद)को अध्यक्षतामा बुधबार बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।

प्रलेसका केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्माले दाङशाखाले आगामी कार्यक्रमको कार्ययोजना बनाएर साहित्यिक सिर्जनशीलतामा प्राथमिकता दिँदै अघि बढ्न सुझाव दिए । उनले आगामी कार्ययोजनालाई सार्थक बनाउन प्रलेसको आन्तरिक गतिविधिलाई थप क्रियाशील बनाउनु पर्ने बताए ।

बैठकमा प्रलेसका केन्द्रीय सदस्य शरद अधिकारीले प्रलेसको केन्द्रीय अधिवेशन आगामी चैतमा हुने जानकारी गराए । यस्तै, बैठकले पद्मप्रसाद शर्मा, पुरुषोत्तम खनाल, रामप्रसाद जैसी, टिकाराम उदासी र नारायण योगीलाई प्रलेस दाङको सल्लाहकार चयन गरेको छ । बैठकले कोभिड सङ्क्रमण दिनप्रतिदिन बढिरहेकाले सम्पूर्ण नागरिकले स्वास्थ्य सुरक्षाको पालना र सावधानी अपनाउन अनुरोध पनि गरेको छ ।

यस्तै, नेपालको अतिक्रमित भूमि भारतबाट तुरुन्त फिर्ताको लागि पहल गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । साथै बैठकले सल्लाहकार नारायण योगीका आमा मायादेवी योगीको यही पुस २१ गते ७७ वर्षको उमेर भएको असामयिक निधनप्रति गहिरो समवेदना प्रकट गरेको सचिव डिल्ली बस्नेत संगीतले जानकारी गराए ।

Blog Post Ad Blog Post Ad