Ad Area

सामुदायिक सहकारीको २३ औँ साधारण सभा सम्पन्न


घोराही २८, पुस । सामुदायिक वचत तथा ऋण सहकारी संस्था लिमिटेड दाङको २३ औँ वार्षिक साधारण सभा एवं सातौ अधिवेशन सम्पन्न भएको छ । सहकारीले बुधबार घोराहीमा एक कार्यक्रमको आयोजना गरि साधारण सभा सम्पन्न गरेको हो । सहकारीले सदस्यहरुलाई सम्मान गर्दै साधारण सभा मनाएको छ । स्थापना कालदेखि हालसम्म संस्थाको विकासका लागि महत्वपूर्ण योगदान पुर्याउने जेष्ठ नागरिक लगायतका सदस्यहरुलाई सम्मान गर्दै साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभा उद्घाटन कार्यक्रममा जेष्ठ नागरिक, असल वचतकर्ता, उत्कृष्ट वचत समूह, असल ऋणीहरुलाई सम्मान गरिएको थियो भने सुत्केरी पोषण रकम र मृत्यु भएका सदस्यहरुको परिवार र परिवार गुमाएका सदस्यहरुलाई राहत कोषबाट रकम प्रदान गरिएको थियो । यस्तै, सदस्यका छोराछोरीलाई स्टेशनरी सामाग्री सहयोग गरिएको थियो । असल वचतकर्ता दिलबहादुर घर्ती, राप्ती वचत समूह, अञ्जली वचत समूह, असल ऋणी बसन्ती चौधरी, सुबिता चौधरीलाई सम्मान गरिएको थियो । जेष्ठ सदस्यहरु गंगादवी बस्नेत, चिजमानी चौधरी, लोकबहादुर चौधरी, लहानी चौधरी, शान्ता रेग्मी, जीवन केसी, माया घिमिरेलाई सम्मान गरिएको थियो ।

मृतक सदस्यहरु प्रभा श्रेष्ठ, डोमलाल आचार्य, भरत चौधरी, अञ्जना डिसी खत्री, द्वारिका वलीको परिवारलाई सम्मान गरिएको थियो । यस्तै परिवारका सदस्य गुमाएका जयनारायण श्रेष्ठ, राधिका घिमिरे, विवाह दमाई, सुकन्या चौधरी, दिव्य चौधरी, खुमा बुढाथोकी, मीना बस्नेत, झमन घर्ती, जानकी बुढा, चाँदनी थापा, प्रमीला श्रेष्ठलाई नगदसहित सम्मान गरिएको थियो । यस्तै सुत्केरी सदस्यहरु अञ्जना थापा, निर्मला चौधरी, पार्वती चौधरी, सुस्मीता चौधरी, कान्छी चौधरी, बसन्ती चौधरी, युमाकुमारी मानन्धरलाई नगदसहित सम्मान गरिएको थियो । यस्तै सदस्यहका छोराछोरीलाई प्रतिमा चौधरी, बिपना बिक, अरुणा चौधरी, सृष्टिका चौधरी, तिर्सना घिमिरे, प्रकाश परियार, आयुष चौधरी, मनिषा नेपाली, मनिषा चौधरी, रञ्जीता रिजाललाई स्टेशनरी सामग्री प्रदान गरिएको थियो ।

संस्थाका अध्यक्ष शारदा शर्माको अध्यक्षता तथा जिल्ला सहकारी संघका अध्यक्ष गोविन्दप्रसाद शर्माको प्रमुख आतिथ्य र सामुदायिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष विमला योगी र राष्ट्रिय सहकारी बैंकका प्रबन्धक डिल्लीराज दाहालको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालको राष्ट्रिय विकासको महत्वपूर्ण अङ्गको रूपमा सहकारी रहेको बताएका थिए । समृद्ध अर्थतन्त्रको विकास गर्ने एक क्षेत्रको रूपमा सहकारी रहको भन्दै उनीहरुले शेयर सदस्यहरू नै सहकारीका मालिक र ग्राहक दुवै हुने बताए । सहकारीमा पुँजीको भन्दा पनि सदस्यको महत्व धेरै हुने उनीहरुको भनाई थियो ।

सहकारी सस्तो लोकप्रियताबाट नभई बलियो सामाजिक आधार भएको समुदाय केन्द्रित हुने सहभागीहरुको भनाई थियो । सहकारीले वित्तीय विकासका साथै सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको उनीहरुको भनाई थियो । सामुदायिक वचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको वचत तथा ऋणसहितका क्रियाकलापमा सहभागी गराउनुका साथै सदस्यहरुलाई शिक्षा, तालिम र सुचनाको प्रवाहसँगै आत्मनिर्भर बनाउन र स्वायत्त संस्थाको रुपमा विकास गर्दै लगेको उनीहरुको भनाई थियो ।

त्यस अवसरमा कार्यक्रममा वार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष शारदा शर्माले प्रस्तुत गरेकी थिईन् । शर्माले आगामी एक वर्षमा जेष्ठ नागरिक तथा बालबालिकाको लागि आँखा शिविर र महिलाहरुको प्रजनन् स्वास्थ्य शिविर सञ्चालन गर्ने सदस्यहरुलाई विभिन्न व्यवसायिक तालिमहरु सञ्चालन गर्ने, सहकारी शिक्षा शिविर सञ्चालन गर्ने वचत सदस्यहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने जानकारी दिईन् । कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य कल्पना कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । लेखा समितिका संयोजक हेमन्ता योगीको स्वागत मन्तव्यबाट शुुरु भएको कार्यक्रममा संस्थाका व्यवस्थापक विष्णु गिरीले धन्यवाद ज्ञापन गर्दा कार्यक्रमको सहजीकरण संस्थाका प्रमुख कार्यकारी निर्देशक कल्पना न्यौपानेले गरेकी थिईन् ।

Blog Post Ad

यसैबीच, संस्थाको सातौँ अधिवेशनबाट पुनः शारदा शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । शर्माको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसहमत चयन गरेको हो । जसको उपाध्यक्षमा यमला गौतम, सचिवमा मेनुका गिरी, कोषाध्यक्षमा राधा आचार्य, सदस्यहरुमा कल्पना कार्की, खिदैया चौधरी, माया चौधरी, हेमन्ता योगी र संस्थापक अध्यक्ष विमला योगी रहेका छन् । अधिवेशनले लेखा समितिको संयोजकमा रीमालक्ष्मी जैशी, शिक्षा उपसमितिको संयोजकमा सावित्रा बिक चयन भएको संस्थाका प्रमुख कार्यकारी निर्देशक कल्पना न्यौपानेले जानकारी दिईन् ।

Blog Post Ad Blog Post Ad