Ad Area

नयाँ नेतृत्वसँग उद्योग वाणिज्य संघको परिचयात्मक कार्यक्रम


दाङ, २८ पुस । दाङ जिल्ला उद्योग वाणिज्य संघले जेसीज, गल्ला किराना, अटो इन्जीनियरीङका नव निर्वाचित पदाधिकारीहरुसँग परिचयात्मक कार्यक्रम गरेको छ । संघले छुटाछुट्टै कार्यक्रमको आयोजना गरि बुधबार उद्योग वाणिज्य संघकै कार्यालयमा त्रिभुवननगर जेसीज, दाङ महिला जेसीज, राप्ती अञ्चल अटो इन्जीनियरीङ एशोसियसन, राप्ती अञ्चल अटो इन्जीनियरीङ एशोसियसन घोराही शाखा तथा गल्ला तथा किराना व्यवसायी समितीका नव निर्वाचित पदाधिकारीहरुसँग परिचयात्मक कार्यक्रम गरेको हो ।

त्रिभुवननगर जेसी, दाङ महिला जेसीजसँग गरिएको परिचयात्मक कार्यक्रम संघका अध्यक्ष टंकसिह वुढाथोकीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले सामाजिक कार्यमा मिलेर अगाडि वढनु पर्ने बताएका थिए । जेसीज र संघसँग विगतदेखि नै सहकार्य हुँदै आएको भन्दै आउदा दिनमा पनि सहकार्य हुने बताएका थिए । सबै मिलेर अगाडी बढेमा समाज परिवर्तन गर्न सकिने उनीहरुको भनाई रहेको थियो ।

कार्यक्रममा त्रिभुवन नगर जेसीजका अध्यक्ष विवेक आचार्य, दाङ महिला जेसीजकी अध्यक्ष शारदा घर्तीलगायतले भनाइ राखेका थिए । संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहभागिलाई धन्यवाद ज्ञापन संघका सदस्य माधव खनालले गरेका थिए । कार्यक्रमको सहजीकरण संघका महासचिव महेन्द्र बुढाथोकीले गरेका थिए । यस्तै, राप्ती अञ्चल अटो इन्जीनियरीङ एशोसियसन, दाङ अटो इन्जीनियरीङ एशोसियसन, तथा गल्ला तथा किराना व्यवसायी समितीका नव निर्वाचित पदाधिकारीहरुसँग पनि गरिएको परिचयात्मक कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा गल्ला तथा किराना व्यवसायी समितीका अध्यक्ष विनोदप्रसाद पाण्डे, राप्ती अञ्चल अटो इन्जीनियरीङ एशोसियसन अध्यक्ष ज्ञानबहादुर फौदार क्षेत्री, राप्ती अटो इन्जीनियरीङ एशोसियसनका घोराही शाखा अध्यक्ष फौजुर रहमान लगायतले भनाइ राखेका थिए । संघका सचिव नरेशकुमार श्रेष्ठको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रममा सहभागिलाई धन्यवाद ज्ञापन संघ सदस्य विकास वलीले गरेका थिए । उक्त कार्यक्रमको सहजीकरण संघका महासचिव महेन्द्र बुढाथोकीले गरेका थिए ।