कोरोनाबाट दाङकी एक महिलाको मृत्यु

दाङ,३ माघ । कोरोना संक्रमणका कारण तुलसीपुर निवासी महिलाको मृत्यु भएको छ ।
बाँकेको नेपालगञ्जको भेरी अस्पतालमा उपचाररत तुलसीपुर उपमहानगरपालिका–६ निवासी ४१ वर्षीया महिलाको उपचारका क्रममा सोमवार मृत्यु भएको हो ।
बिरामी भएर अस्पताल भर्ना भएकी महिलालाई कोरोना संक्रमण भएको पुस ३० गते पुष्टि भएको थियो ।
स्वास्थ्यमा थप समस्या भएपछि उपचारका लागि बाँकेको भेरी अस्पतालमा भर्ना भएको महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
बैशाख यता दाङमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय १९ पुगेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।