Ad Area

पेशागत मर्यादालाई कायम राख्न निष्पक्ष रुपमा कलम चलाउनु पर्नेमा जोड


तुलसीपुर ८, माघ । पत्रकारले आफ्नो पेशागत मर्यादालाई कायम राख्न निष्पक्ष रुपमा कलम चलाउनु पर्नेमा जोड दिईएको छ । पत्रकार भनेको समाजको ऐना भएकाले उथार्थ चित्र समाजका अगाडि ल्याउनुपर्ने दायित्वबाट विचलित हुन नहुनेमा वक्ताहरुले जोड दिएका हुन् ।

स्वतन्त्र पत्रकार संघ नेपाल दाङ शाखाको शनिवार तुलसीपुर ७ गणेशपुर पार्कमा आयोजना गरेको निष्पक्ष पत्रकारिता र अबको गन्तव्य विषयक कार्यक्रममा बोल्ने बक्ताहरुले पत्रकारिता पेशालाई मर्यादित, विश्वसनीय र जनमैत्री बनाउन कुनैपनि कुराको प्रभावमा पर्न नदिने गरी अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताए । पछिल्नो समय पत्रकारिता निष्पक्ष र स्वतन्त्र नभएको भन्दै पत्रकारहरुले राजनीतिक आस्था र विचार भन्दा माथि उठेर कलम चलाउनु पर्नेमा जोड दिए ।

पत्रकारहरुले आस्था र विचारको आधारमा कुनै दल तथा नेताहरुको प्रभावमा परेर समाचार संकलन गर्ने प्रवृत्तिको पछिल्लो समय विकास भएको भन्दै यस प्रति हरेक पत्रकारहरु सचेत हुनुपर्नेमा उनीहरुको जोड थियो । राष्ट्रको चौथो अंगका रुपमा रहेको संचार जगतले निष्पक्ष रुपमा समाज परिवर्तनका लागि कलम चलाउनु पर्ने र त्यही मर्यादालाई कायम राख्दै अघि बढेमा सबैको विश्वसनीय माध्यम हुन सक्ने बताए ।

खोजमुलक र निष्पक्ष समाचारले समाज रुपान्तरणमा महत्वपुर्ण भुमिका खेल्ने भन्दै आम पत्रकारले सत्यसत्य सुचना सम्प्रेषण गर्ने सवालमा स्वतन्त्र पत्रकार संघले अब नेतृत्व लिनुपर्ने उनीहरुको धारणा थियो । संघका अध्यक्ष जितसागर जिएमको अध्यक्षता तथा राष्ट्रिय समाचार समिति तुलसीपुरका प्रमुख नारायणी रजौरेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतम, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडा सदस्य रामबहादुर जिसी कार्यपालिका सदस्य दिपक कुमाल, स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेश अध्यक्ष विष्णुकुमार देवकोटा, नेपाल पत्रकार महासंघ, दाङ शाखा, सहसचिव दिप्तीशिखा चौधरी, क्रियाशील महिला पत्रकार मञ्च जिल्ला सदस्य शर्मिला डिसी, दलित पत्रकार संघ दाङका अध्यक्ष वसन्त परियारलगायतले बोलेका थिए । सहसचिव रमा नेपालीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव बसन्त पौडेलले गरेका थिए ।

यसैबीच, सो अवसरमा स्तन्त्र पत्रकार संघ दाङ शाखाका पदाधिकारीले पदभार ग्रहण पनि गरेका छन् । ९ सदस्यीय पदाधिकारीले शनिबार पदभार ग्रहण गरेका हुन् । संघका अध्यक्ष जीतसागर जिएम, उपाध्यक्ष पुरुषोत्तम अधिकारी, सचिव वसन्त पौडेल, सहसचिव रमा नेपाली, कोषाध्यक्ष डिला चौधरी तथा सदस्यहरु मनोजकुमार आचार्य, श्वेता थापा, मनिषा बिक, शिव उपाध्यायले पदभार ग्रहण गरेका हुन् ।

Blog Post Ad

यस्तै, संघले दुई सदस्यीय सल्लाहकारहरु कमिटी पनि चयन गरेको छ । जसमा भुवन गौतम र शरद शर्मा रहेका छन् । यस्तै, प्रदेश पार्षदमा डिलाराम भण्डारी र मदन बिक मुस्कान रहेका छन् ।

Blog Post Ad Blog Post Ad