Ad Area

दाङमा स्कोडाको कुसाक लन्च


दाङ, ९ माघ । विश्व बजारमा राम्रो बिक्रि रहेको स्कोडाको कुसाक गाडी दाङमा लन्च गरिएको छ । महादेवा अटोमोवाइल प्रा।लिले स्कोडा गाडीको आइतबार घोराहीमा एक कार्यक्रमकाबीच लन्च गरेको हो ।

प्रालीका प्रोपराइटर माधव धिताललेको अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघ दाङका अध्यक्ष टंकसिंह बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको लन्च कार्यक्रममा स्कोडा कुसाक गाडीका नेपालका लागि सेल्स म्यानेजर विजय थापाले गाडीको गुणस्तरमा शंका गर्नु पर्ने ठाउँ नभएको बताए ।

यहि गाडीको कम्पनीले नै अहिले जेसीवी, एमाहा बाइक उत्पान गरेको र नेपालमा समेत राम्रो बजार रहेको भन्दै उहाँले स्कोडा गाडीको गुणस्तर पनि राम्रो रहेको दाबी गरेका थिए । उनले १५ हजार किलो मिटर गुडेमात्र गाडीलाई सर्विसिङ गर्न सकिने बताए ।

कार्यक्रममा प्रमुख प्रमुख अतिथि बुढाथोकीले दाङमा स्कोडा गाडीको बजरा विस्तारका लागि आफ्नो तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका निर्वतमान केन्द्रीय सदस्य ध्रुबराज श्रेष्ठ, दाङ जिल्ला उद्योग वाणिज्य सघंका निर्वतमान अध्यक्ष नारायण भुसाल, पूर्व अध्यक्ष चन्द्रराज पन्त, नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष सविन प्रियासन, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डप शर्मालगायतको व्यवसाय सफलताको शुभकामना व्यक्त गरेका थिए ।

महादेवा अटोमोवाइल प्रा।लिका प्रवन्धक रुद्र शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण प्रकाश पुनले गरेका थिए । यसैबीच आज नै स्कोडा गाडीको बुकिङ गर्नेलाई विशेष अफर रहेको कम्पनीले जानकारी दिएको छ । कार्यक्रम सञ्चालन अवधिमा नै तीन जनाले गाडीको बुकिङ गरेका थिए । आनन्द कुमार चौधरी, प्रेम गौतम, रामसिंह रोकाले गाडीको बुकिङ गरेका थिए ।

एउटा गाडीको विक्रिसमेत भएको थियो । दाङ जिल्ला व्यवसायी पारस बन्नेतले गाडी खरिद गर्नुभएको थियो । बस्नेतलाई स्काडो गाडीका सेल्स म्यानेजर थापाले गाडीको चाँबी हस्तान्तरण गरेका थिए ।

Blog Post Ad

पहिलो ग्राहक–बस्नेत

लन्चिङ गरे लगतै पश्चिम नेपालमै स्कोडा गाडी खरिद गर्ने दाङका युवा ब्यबसायी पारस बस्नेत रहनु भएको छ । मनकामना पोल्ट्री एण्ड फिड सप्लायर्सका सन्चालक पारस बस्नेतले स्कोडाको कुसाक गाडी खरिद गर्ने पश्चिम नेपालकै पहिलो ग्राहक बन्नु भएको हो ।

बस्नेतका परिवार श्रीमती पार्वता बस्नेत र छोरी प्रशंशा बस्नेतलाई स्काडो गाडी दाङका संचालक रुद्र शर्मा, सेल्स म्यानेजर थापाले गाडीको चाँबी हस्तान्तरण गरेका थिए । उक्त कुसाक गाडीको मुल्य ७० लाख रहेको छ ।

Blog Post Ad Blog Post Ad