घोराहीमा २ सय ७ कुकुरलाई बन्ध्याकरण तथा रेविज विरुद्ध खोप
घोराही १३,माघ । घोराहीमा पाँच दिनसम्म संचालित शिविरमा २ सय ७ कुकुरलाई बन्ध्याकरण तथा रेविज विरुद्ध खोप लगाईएको छ । घोराही उपमहानगरपालिका पशुु सेवा शाखाको आयोजना तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र दाङको प्राविधिक सहयोगमा गत आईतबारदेखि थालिएको निशुल्क कुुकुुरहरुको बन्ध्याकरण तथा रेविज विरुद्ध खोप लगाउने कार्यक्रममा छाडा कुकुर तथा घरपालुवा कुकुरलाई सेवा दिईएको हो ।
पाँच दिनसम्म चलेको निशुल्क शिविरको बिहीबार समापन गरिएको छ । पशुु सेवा शाखाका प्रमुख जीवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले रेबिज जस्तो प्राणघातक रोगबाट नागरिकलाई बचाउन शिविरले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । शिविरबाट १ सय ३१ कुकुरको बन्ध्याकरण गरिएको हो भने २ सय ७ कुकुरलाई रेविज विरुद्ध खोप लगाईएको हो ।
जसमा ७४ घरपालुवा र १३३ छाडा कुकुर रहेका छन् । बिहीबार मात्रै ४३ कुकुरलाई खोप लगाउनुका साथै १७ कुकुरको बन्ध्याकरण गरिएको हो । निशुल्क शिविरका लागि पशु शाखा तुलसीपुरबाट डा. मनोज वली, भेटरीनरी अस्पतालका पशुविज्ञलगायतको टोली खटिएको थियो । शिविरमा अरु जनावरलाई पनि विभिन्न प्रकारका खोप लगाईएको थियो ।
घोराही बजार क्षेत्रमा केही दिनपहिले ३५ जना बढी व्यक्तिलाई बौलाह कुुकुरले टोकेपछि यो अभियान थालिएको हो । कुुकुुरले टोकेका मानिसका लागि रेविज विरुद्धको खोप घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निशुुल्क व्यवस्था गरिएको पशुु सेवा शाखाका खिम बस्नेतले जानकारी दिए । केही दिनअघि बहुला कुकुरले टोक्दा केही व्यक्तिलाई थप उपचारका लागि जिल्ला बाहिर पठाउनुपरेको थियो ।