Ad Area

सचेतना बाँड्दै महिला सामुदायिक


दाङ, १३ माघ । नेपालमा महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमणबाट बच्नका लागि नेपाल महिला सामुदायिक सेवा केन्द्रले सर्वसाधारणहरुलाई मास्कको प्रयोग गर्न सचेत बनाउन सुरु गरेको छ ।

केन्द्रले सर्वसाधारणहरुलाई मास्कको प्रयोग गर्न र मास्क प्रयोगबारे सचेत बनाउन सुरु गरेको हो । विभिन्न संघसंस्थासँगको समन्वयमा घोराहीको भानु चोकमा स्टल स्थापना गरेर मास्क नलगाएकाहरुलाई मास्क प्रयोग गर्न र प्रयोग गरेकाहरुलाई पनि सही तरिकाले मास्कको प्रयोग गर्नका लागि सचेत बनाउने काम भएको नेपाल महिला सामुदायिक सेवा केन्द्रका सचिव शिवा योगीले जानकारी दिइन् ।

मंगलवारदेखि स्टल स्थापना गरेर एकहप्ते अभियान सुरु गरिएको उनले बताइन् । मास्क लगाउन अटेरी गर्नेहरुलाई काउन्सिलिङ गरेर मास्क प्रयोग गर्न अनुरोध गरिएको र उनहहरुले पनि मास्कको प्रयोगबारे सचेत भएपछि प्रयोग गर्ने गरेको मनोविमर्शकर्ता लक्ष्मी ढकालले जानकारी दिइन् ।

‘कोरोना महामारी पछिल्लो समयमा व्यापकरुपमा फैलिरहेकाले सर्वसाधारणहरुलाई सचेत बनाउनका लागि हामीले विभिन्न संघसंस्थासँगको समन्वयमा अभियान सुरु गरेका हाँै’, सचिव योगीले भनिन्– ‘मास्क प्रयोग नगरेकालाई मास्क प्रयोग गर्न र मास्क लगाएकाहरुलाई पनि सही तरिकाले मास्कको प्रयोग गर्न सचेत बनाउने काम गरेका छौँ ।’ नेपाल महिला सामुदायिक सेवा केन्द्रले सम्पूर्णमा भीडभाडमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न अनुरोध गरेको छ ।