Ad Area

घोराही क्षेत्रका मेडिकल पसलहरुको अनुगमन, सेवा सुधार्न सुझाव


घोराही १८, माघ । दाङका मेडिकल पसल तथा औषधी वितरकहरुको अनुगमन थालिएको छ । जिल्ला प्रशासन कार्यालय, दाङको अगुवाईमा घोराही बजार क्षेत्रका मेडिकल पसलहरुको सोमबार अनुगमन गरिएको हो । अनुगमनको क्रममा पहिलो दिन ४ वटा मेडिकल पसल तथा औषधी डिष्ट्रिव्युटरहरुको व्यवसाय र कामका बारेमा अनुगमन गर्दा मेडिकलवालाहरुको कमजोरी समेत पाइएको छ ।

जिल्ला अस्पतालबाट एक सय मिटरको दुरीमा औषधि पसल हुनुपर्ने कानूनी प्रावधान भए पनि कार्यान्वयन भएको छैन । पहिलो दिन घोराहीको रोयल फार्मेसी, डार्क मध्यपश्चिम, पल्लवी औषधालय र हनि मेडिको डिष्ट्रिव्युटर्समा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन समिति संयोजक सावित्रा पुनले जानकारी दिईन् ।

उनका अनुसार, औषधिको भण्डार ठीक ढंगले नराख्ने, कानून विपरित स्वास्थ्यसेवा, दक्ष जनशक्ति नभएको लगायत कमजोरी देखा परेको बताउँदै सेवा सुधारका लागि सुझाव दिईएको छ ।

अनुमति नै नलिई एक्सरे, ईसिजी, भिडीयो एक्सरे लगायतका स्वास्थ्य सेवा सञ्चालनमा ल्याएर स्वास्थ्य सेवामा गम्भिर खेलवाड गरेको समेत पाईएको अनुगमन टोलीले जनाएको छ । यसरी अव्यवस्थित रुपमा सञ्चालनमा रहेका एक्सरे सेवाले मानिसमा बाँझोपन, क्यान्सर लगायतका स्वास्थ्य समस्या निम्त्याउने भएकाले अनुमति बिना सञ्चालित र अव्यवस्थित एक्सरे सेवा बन्द गराउन टोलीले सुझाव दिएको छ । तर, पहिलो पटकलाई सेवा सुधारसँगै कमजोरी नदोहोर्याउने गरी पेशागत मर्यादाका साथ काम गर्न सल्लाह सुझाव दिएकाले मेडिकल संचालकहरुले पनि कमजोरी भएको भन्दै सेवा सुधार्ने प्रतिवद्धता जनाएको उनले बताईन् ।

मेडिकलवालाले नियमविपरित औषधी बिक्री गर्ने गरेको, विरामी जाँच गर्ने गरेकोले सर्वसाधारणको स्वास्थ्य माथि खेलवाड भएको गुनासो कम गर्न तर्फ पनि सुझाव दिएको बताईन् । ‘समग्रमा भन्नुपर्दा केही कैफियत देखा परेका छन्, त्यसमा सुधार गर्नुस् भनेका छौँ, उहाँहरु (मेडिकल संचालक) ले पनि कमजारै सच्याउने प्रतिवद्धता जनाउनुभएको छ,’ उनले भनिन् ।

अनुगमन समिति संयोजकसमेत रहेकी पुनले अनुगमनमा भेटिएका कमजोरीलाई अबिलम्ब सुधार गर्न निर्देशन दिइएको बताईन् । टोलीले केही मेडिकल हलबाट उपभोग्य मिति सकिएको औषधिलगायत अरुबस्तु भने भेटाएन । औषधी बिक्री गर्दा कसलाई बिक्री गरेको हो, नाम विवरण नराखेको, मेडिकलमा आधिकारिक व्यक्ति नभएको, बिल व्यवस्थापन तथा अरु व्यवस्थापकीय पक्षमा धेरै सुधार गर्नुपर्ने कुरा टिप्पणीका रुपमा उठाइएको उनले बर्तान् ।

Blog Post Ad

जिल्ला प्रशासन कार्यालय, घोराही उपमहानगरपालिका उपभोक्ता हीत संरक्षण शाखा, दाङ जिल्ला उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्च लगायत प्रतिनिधि सामेल टोलीले अनुगमन गरेको थियो । अब निकट दिनमै तुलसीपुर र लमही क्षेत्रमा पनि अनुगमन गरिने अनुगम संयोजक पुनले बताईन् । कोरोना महामारीको समयमा बजारमा सिटामोलको अभाव भए नभएको बारेमा पनि जानकारी लिएको थियो ।

Blog Post Ad Blog Post Ad