Ad Area

परिवारसँग सम्पर्क विहिन भएका रोकाको खोजी गरिदिन आग्रह


दाङ,२० माघ । घर परिवारसँग ६ दिनदेखि सम्पर्क विहिन भएका बिरबहादुर रोकालाई खोजी गरिदिन आग्रह गरेका छन् । विहीवार परिवारले घोराहीमा पत्रकार सम्मेलन गरी गत शनिवार साँझदेखि सम्पर्क विहिन भएका रोल्पा परिवर्तन गाउँपालिका–४ खोलागाउँ (हाल घोराही उपमहानगरपालिका–१२ बटलपुर) बस्ने ३९ बर्षीय रोका सम्पर्क विहिन भएको भन्दै खोजी गरिदिन आग्रह गरेका हुन ।

भारतको बैशाली जिल्ला पटनास्थीत पुल निर्माण गर्ने डियु कोरियन कम्पनीमा काम गर्ने रोका शनिवार नेपाल आउने क्रममा हराएका हुन । शनिवार साँझ सात बजे श्रीमति बिरमाली रोकासँग कुरा गर्दै बिरबहादुरले कम्पनीबाट २० दिनको बिदा नेपाल आउन थालेको बताएका थिए । ‘श्रीमानसँग शनिवार साँझ सात बजेतिर अन्तीम पटक कुरा भएको थियो ।

उहाँले उतैबाट काठमाडौ गएर विदेशका लागि भिसा लगाउने कुरा गर्नुभएको थियो’,पत्रकर सम्मेलनमा श्रीमती बिरमाली रोकाले भनिन्,‘त्यो बेला श्रीमानले पटनास्थीत बसपार्कमा बस हिड्ने पखाईमा छु । बाटोमा सम्पर्क नहुन सक्छ भन्नुभएको थियो ।’

श्रीमतिका अनुसार बिरबहादुर पटनाबाट रक्सौला–बिरजंग हुँदै काठमाडौं आउने र विदेश जानका लागि भिसा लगाउने कुरा भएको थियो । ‘भारतको पट्नाबाट सिधै काठमाडौं आउने र त्यहीबाट विदेशका लागि भिसा लगाउने कुरा गर्नुभएको थियो । मैले पनि त्यही भएर सम्पर्क गरेको थिएन’,उनले भनिन्,‘तर दुई दिनसम्म पनि श्रीमानले फोन नगरेपछि यताबाट सोमवार फोन गर्दा उहाँको मोवाइल स्वीचअफ भन्छन ।’

उनले सोमवारदेखि आफुले निरन्तर रुपमा भारतमा प्रयोग गर्ने नम्वर र नेपालमा प्रयोग गर्ने एनटिसी नम्वरमा फोन सम्पर्क गरेपनि दुवै नम्वरमा सम्पर्क हुन नसकेकाले श्रीमानको खोजी गरिदिन मानवअधिकारकर्मी, पत्रकार, प्रहरी लगायतका सम्पूर्णलाई आग्रह गरेको उनले बताइन । उनका अनुसार श्रीमान भारतमै अपरणमा अपरणमा पर्नुभएको कि भन्ने संका लागेको बताइन ।

बिरबहादुरको खोजी गरिदिनका लागि जिल्ला प्रहरी कार्यालय दाङदेखि उनी कार्यरत पटनाको कोरीयन कम्पनीलाई समेत आग्रह गरिएको बिरबहादुर आफन्त सेते वलीले बताए । उनका अनुसार आफुहरुले बिरबहादुर सम्पर्क विहिन भएपछि कम्पनीदेखि पटनास्थीत कम्पनीमा कार्यरत नेपालीहरुलई पनि खोजी गरिदिन आग्रह गरेको बताए । ‘हामी कम्पनीमा सँगै काम गर्ने गरेका थियौ ।

Blog Post Ad

म एक महिनाअघि विदामा घर आएको थिए’,वलीले भने,‘तर उनी घरमा काम नभएकाले म यतै काम गर्छु अंकल भनेर कम्पनीमै बसेका थिए ।’ उनका अनुसार पटनास्थीत पुल निर्माण गर्ने कोरियन कम्पनीमा दाङलगायतका नेपालका विभिन्न जिल्लाका करिव पाँच सय कामदारहरु कार्यरत छन् ।

Blog Post Ad Blog Post Ad