Ad Area

जनताको आवाज बोल्ने थलो लामो समय बन्द गर्नु राम्रो संकेत होइन : अध्यक्ष केसी


देउखुरी, २० माघ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसीले जनताको आवाज बोल्ने थलो बन्द गर्नु राम्रो संकेत नभएको बताएका छन् । राष्ट्रिय जनमोर्चा लमही नगर कमिटीले दाङको लमहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष केसीले संसद लामो समय अवरुद्ध हुँदा प्राप्त उपलव्धी गुम्ने खतरा रहेको बताएका हुन ।

त्यस्तै उनले राष्ट्रियताभन्दा ठुलो गठबन्धन हुन नसक्ने बताएका छन । एमसिसी ल्याउने शर्तमा गठबन्धन कायम राख्न नसकिने बताएका हुन । उनले राष्ट्रिय जनमोर्चाका लागि गठबन्धनभन्दा राष्ट्रियता ठुलो हुने बताएका हुन ।

‘नेपाली कांग्रेसको ठुलो शक्ति गठबन्धन कायम राख्नुपर्छ भन्नेमा लागी परेको छ’,उनले भने,‘ उपलव्धि गुमाउन खोज्नेहरुको आडमा एमसिसी आउन थालेको छ । कुनैपनि हालतमा एमसीसी पास हुदैन ।’ उनले अहिले सरकारका तीन अङ्ग नै अस्थव्यवस्थ अवस्था रहेको भन्दै व्यवस्थापीका सांसदलाई भत्काएर चल्नै नदिएको, न्याय पालिकामा भद्रगोल मच्याइएको र सरकारले सुशासन दिन नसकेको भनाई थियो ।

राष्ट्रिय जनमोर्चाको विभाजनको विषयमा उनले पार्टीबाट कारवाही परेका केही व्यक्तिहरुले अवसरको खोजी गर्न आफ्नो पार्टीको नाम जुधाएर राखेको बताएका थिए । राष्ट्रिय जनमोर्चा लमही नगर कमिटीका अध्यक्ष हरिबहादुर थापाको अध्यक्षता तथा चित्रवहादुर केसीको प्रमुख आतिथ्यतामा भएको थियो । नगर कमिटीका उपाध्यक्ष ताराप्रसाद खनालको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव लेखराज आचार्यले गरेका थिए ।

Blog Post Ad Blog Post Ad