Ad Area

लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ


दाङ, २० माघ । दाङमा लागुऔषध ब्राउनसुगरसहित एक जना प्रक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१२ हापुर निवासी २६ वर्षीय दिपेन्द्र खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

लागुऔषधको ओसार पसार तथा विक्री वितरण भईरहेको छ भन्ने गोप्य सुचनाको अधारमा खटिएको प्रहरी टोलीले बुधबार दिउँसो सवाँ दुई बजे घोराही उपमहानगरपालिका–१७ गुलरिया पार्क नजिकबाट खड्कालाई प्रक्राउ गरिएको प्रहरीले बताएको छ ।

पक्राउ परेका खड्काको साथबाट रातो प्लाष्टिकको टुक्रामा धागोले बाँधेको अवस्थामा ३४ पुरिया लागुऔषध (खैरो हिरोईन) जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले बताएको छ । खड्कालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Blog Post Ad Blog Post Ad