जुवाको खालबाट साढे २ लाख बढी रकमसहित ८ जना पक्राउ

दाङ,२० माघ । पश्चिम दाङमा जुवाको खालबाट आठजना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार गएराति ७ बजेतिर शान्तिनगर गाउँपालिका– ५ स्थित ३२ वर्षीय निराजन मल्लको घरमा जुवा खेलिरहेको अवस्थामा दुई लाख ८२ हजार तीन सय पाँच रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा मल्लसहित शान्तिनगर–७ का ४० वर्षीय प्रमोदकुमार खड्का, सोही ठाउँका ४५ वर्षीय उत्तम डाँगी, ३२ वर्षीय रमेश रावत, ४० वर्षीय बलिराम खत्री, तुलसीपुर उपमहानगरपालिका–९ का राजेशकुमार बोहरा, तुलसीपुर उपमहानगरपालिका–१० निवासी ५८ वर्षीय ध्रुव शाह, भारतको बिहार घई भई हाल शान्तिनगर– ५ बस्ने ३५ वर्षीय हजरत अली रहेका प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुलाई गोप्य सूचनाका आधारमा पक्राउ गरेको थियो ।