Ad Area

लुटपाट गर्ने नक्कली प्रहरी सई पक्राउ


दाङ,२० माघ । प्रहरीले दाङमा नक्कली सई बनेर लटपाट गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीले घोराही उपमहानगरपालिका–१७ करजार्ही बस्ने २५ बर्षीय छ्याक्ले भन्ने अनिल पुनलाई पक्राउ गरेको हो ।

जबरजस्ती डाका तथा लुटपाट गरी फरार भएको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा पुनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । संकास्पद रुपमा अवस्थामा फेला पारी निजको शरीर खानतलासी गर्ने क्रममा निजको साथबाट लुटीलिएको मोबाईल र निजले आफु प्रहरीको सई हो भनी लुटपाट गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

गत सोमवार रातको दश बजेको समयमा मार्शल पुनमगर र सन्तोष खडका कोठातर्फ जादै गरेको अवस्थामा घोराही उपमहानगरपालिका–१५ भरतपुर आर्मी ब्यारेक नजिकै रा ४ प ६३३० नम्बरको मोटरसाईकलमा चढी एक्कासी आएर रोक्दै पीडित दुबै जनालाई अपशब्द प्रयोग गरी हातपात गरी आफुहरु प्रहरीको सई भएको भन्दै खानतलासी गरेर २ थान मोबाईलस्ाँगै नगद ४ हजार लुटपाट गर्नेलाई पक्राउ गरेको हो ।

Blog Post Ad Blog Post Ad