Ad Area

मूल्यबृद्धिको विरुद्धमा घोराहीमा प्रदर्शन


दाङ, २० माघ । नेपाल कम्युनिष्ट पार्टी निकट जनबर्गीय संगठनहरुले पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धिको विरुद्धमा प्रर्दशन गरेको छ ।

संगठनले बिहीबार घोराहीको तुलसीपुरचोकमा एक कार्यक्रम गरि पछिल्लो पटक भएको पेट्रोलियम पदार्थमा मुल्यवृद्धिको विरो गरेको हो । कोणसभालाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका इञ्चार्ज दिपक विष्टले नेपाल आयल निगमले अहिलेसम्म १२ पटक पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गरेको बताए ।

उनले मूल्यबृद्धिको विरुद्धमा बिगतदेखि नै आफूहरुले आन्दोलन गर्दै आएको र यो विषय नेपाल कम्युनिष्ट पार्टीको मात्र नभएर नेपाली जनता, युवा, व्यवासयी, विद्यार्थी लगाएतको भएको हुँदा एक पटक सबै जना सचेत हुनुपर्नेमा जोड दिए ।

प्रतिलिटर ८४ रुपैयाँमा खरिद गरिएकोे पेट्रोलियम पदार्थ १४२ रुपैयाँमा बिक्री गर्दा समेत घाटा लाग्ने नेपाल आयाल निगमको निर्णय नेपाली जनतालाई स्वीकार्य नभएकोे र नेपालका दलालहरुले आउँदै गरेको चुनाब जित्नका निमित्त गरेको मूल्यबृद्धि खारेज भएमात्र नेपाली जनताको अधिकार सुनिश्चित हुने उनको भनाइ थियो ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिका बिरुद्धमा घोराहीको सहिदगेटबाट शुरुभएको ¥याली तुलसीपुरचोकमा आएर कोणसभामा परिनत भएको थियो ।  ¥यालीमा पेट्रोलियम पदार्थमा बढाएकको मूल्य फिर्ता गर, बढ्दो महंगी तथा कालोबजारी खारेज गरलगाएतका नारा लगाएका थिए । कार्यक्रमको सहजीकरण श्रमिक समुदायका केन्द्रीय सदस्य सुरज परियारले गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad