Ad Area

घोराहीमा व्यावसायिक सीपमुलक तालिम


दाङ, २२ माघ । घोराहीमा दुई दिने व्यावसायिक सीपमुलक तालिम सुरु भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा घोराही उपमहानगरपालिका वडा न १४ को सहयोगमा तालिम आयोजना गरिएको हो ।

तालिम उद्घाटन कार्यक्रममा संघका अध्यक्ष टंकसिह वुढाथोकीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं १४ का वडाअध्यक्ष शक्तिराम डाँगीको प्रंमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गर्नु भएको थियो । तालिमको सहजिकरण अडिटर थम्मन अधिकारीले गर्नु भएको थियो ।

Blog Post Ad Blog Post Ad