Ad Area

जीप दर्घटना हुँदा ८ जनाको मृत्यू


प्युठान, २२ माघ । प्युठानमा भएको जीप दुर्घटनामा ८ जनाको मृत्यू भएको छ । नौ बहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको जिप ओखरपाटामा दुर्घटना भएको हो । दुर्घटनामा गौमुखी गाउँपालिका वडा नम्बर ६ का ३९ वर्षीय बसन्त खड्का, सोही ठाउँकै ११ वर्षीया बालिका एलिसा खड्का, ४० वर्षीया बसन्ती खड्का, २९ वर्षीया केशरी खड्का, ५० वर्षीय चालक बलबहादुर बुढाको मृत्यु भएको प्युठान प्रहरीले जनाएको छ ।

यस्तै दुर्घटनामा परी गोमुखी(६ कै ३२ वर्षीय खिमबहादुर खत्री, ५२ वर्षीया नन्दी खडक र २२ वर्षीया विपना जिसीको मृत्यु भएको छ । प्रहरीका अनुसार ६ जनाको घटनास्थलमै र २ जनाको जिल्ला अस्पताल प्युठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी इन्सपेक्टर देविप्रसाद गैरेका अनुसार ग १ ज ५०९२ नम्बर को जीप शनिबार बिहान तीन बजेतिर दुर्घटनामा परेको हो । साँघुरो बाटो, वर्षातका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

दुर्घटनामा बेहुला(बेहुलीसहित ५ जना गम्भीर घाइते भएका छन् । नौबहीनी गाउँपालिका वडा नम्बर ६ की बेहुली २१ वर्षीया रिमा जिसी र गौमुखी गाउँपालिका वडा नम्बर–६ का २५ वर्षीय बेहुला दानबहादुर खड्का गम्भीर घाइते भएका हुन् ।

यस्तै नौबहिनी(६ का २५ वर्षीया साबित्रा जिसी, गौमुखी(६ की २१ वर्षीय हरि बुढामगर र सोही ठाउँकै १७ वर्षीय नरेश खड्का गम्भीर घाइते भएको सुचना अधिकारी गैरेले जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad