Ad Area

घाेराहीमा खुल्याे भेटरिनरी क्लिनिक तथा तालिम केन्द्र


घोराही, २३ माघ । घोराहीमा पशुपंक्षीको उपचार तथा सेवा परामर्श केन्द्र खुलेको छ । भेटरिनरी तथा पशु स्वास्थ्यका क्षेत्रमा ३ दशकभन्दा लामो समयसम्म सेवा गरि निवृत्त हुनुभएका डा बेदबहादुर केसीले घोराही १४ बसन्तबिहार टोलमा ब्लु क्रस भेटरिनरी क्लिनिक बहुउद्देश्यीय तालिम तथा परामर्श केन्द्र संचालनमा ल्याएका हुन ।

आइतवार एक कार्यक्रम गरि विधिवत रुपमा उक्त केन्द्रको उदघाटन गरिएको छ । पशुपंक्षीको उपचार गर्ने, कुखुराको पोष्ट मार्टम गर्ने, पशु खोप लगाउने, छोटो अवधिका पशुपालन तालिम गर्ने, नमुना जाँच गर्नेलगायत सेवा तथा परामर्श एकै थलोबाट दिने लक्ष्यसहित खोलिएको केन्द्रको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले उदघाटन गरे । उनले त्यस अवसरमा लामो समयसम्म भेटरिनरी तथा पशु विज्ञका रुपमा रहि सेवा निवृत्त हुनुभएका डा केसीले आफ्नै पहलमा थाल्नुभएको व्यावसायिक कामले जिल्लाका कृषकलाई ठूलो फाइदा पुग्ने विश्वास व्यक्त गरेको बताए ।

व्यावसायिक ज्ञान लिएर काम गरेमा सफलता मिल्ने र दिगो हुने बताउँदै चौबिसै घण्टा सेवा दिनसक्ने गरि लाग्न आग्रह गरे । अहिलेको परिस्थितिमा खास किसानले अनुदान नपाएको गुनासो बढेकाले स्थानीय सरकारले वास्तविक किसानसम्म पहुँच बढाउनुपर्नेमा उनको जोड थियो। कृषि क्षेत्रको विकासका लागि उत्पादन बढाउन सहि परामर्श र हौसला चाहिने हुँदा केन्द्रका माध्यमबाट कृषकले फाइदा उठाउन सक्ने हुँदा सेवाको निरन्तरतासँगै गुणस्तरमा ध्यान दिन सुझाव दिए ।

जिल्लामा अहिले पनि कृषि उपज ठुलो मात्रामा आयात भईरहेको बताउँदै कृषि क्षेत्रमा राज्यले लगानी बढाउन आवश्यक रहेको चर्चा गरणनुभयो । संघका तर्फबाट पैरवी हुँदै आएकोमा कृषकका पक्षमा थप आवाज उठाउने प्रतिवद्धता पनि उहाँको थियो । सो अवसरमा केन्द्र संचालक डा। केसीले आफुले सिकेको ज्ञान र काम गर्दा प्राप्त गरेके अनुभवलाई सही ढंगले परिचालन गर्दै कृषकलाई भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता जनाउनुभयो ।

ल्यावसहितको सेवा थालनी गरेकाले पशुपंक्षी पालक कृषकहरुलाई पर्न सक्ने समस्या समाधानसँगै कृषि तथा पशुपालनमा लाग्न चाहनेहरुलाई परामर्शसहित तालिम पनि प्रदान गरिने हुँदा सेवाको लाभ लिन अपिल गरे । कार्यक्रममा भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख सुदाम भट्ट, कृषि ज्ञान केन्द्र प्रमुख वुद्धिराज घिमिरे, बंगुरपालक संघ दाङका बिरबहादुर चौधरी, ह्याचरी संघका प्रदेश सदस्य भरतमणि, राजपुर गाउँ पालिका पशु शाखा प्रमुख दिपक राना, लोकराज पराजुलीलगायतले केन्द्रमार्फत कृषि तथा पशुपालक कृषकलाई विश्वसनीय सेवा दिन आग्रह गरेका थिए ।

अहिले पनि सामान्य जानकारीसमेत नलिई कृषि कर्ममा लाग्ने युवाहरुको संख्या ठुलो रहेकाले कृषि पेशाबाट कृषक पलायन हुनबाट रोक्न आवश्यक भएको हुँदा सही परामर्श र व्यावसायिक सीप र तालिम प्रदान गर्ने गरि अग्रसर हुन उनीहरुको सुझाव थियो । कार्यक्रमको सहजीकरण निमबहादुर डाँगीले गरेका थिए ।