Ad Area

एमसीसी विरुद्ध माघ २६ गते घोराहीमा प्रदर्शन गरिने


दाङ,२४ माघ । एमसीसी विरुद्धमा घोराहीमा प्रदर्शन गरिने भएको छ । राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी , नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी , नेपाल कम्युनिष्ट पार्टी मालेलगायतका दलहरुको आयोजनामा यहि माघ २६ गते दाङको घोराहीमा बिरोध प्रदर्शन गर्न थालेका हुन ।

माघ २४ गते सोमवार बसेको दलहरुको सयुक्त बैठकले उक्त कार्यक्रम तय गरेको छ । बैठकमा नेकपाका केन्द्रिय सदस्य शीतल, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी नरेन्द्र बन्जाडे, नेकपा मालेका जिल्ला सचिब नेत्रप्रकाश पाण्डेलगायतका नेताहरुको उपस्थिति रहेको थियोे ।

बैठकले राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध हुने उक्त कार्यक्रम सक्रिय सहभागीताका लागि सम्पूर्ण देशभक्त नागरिकलाई अनुरोध गर्ने निर्णय गरेको छ । माघ २६ गते दिउँसो १२ ः ३० बजे घोराहीको ट्राफिक चोकमा जुटेर बजार परिक्रमा गरि तुलसीपुर चोकमा सभाको कार्यक्रम तय भएको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले जानकारी दिएका छन् ।