स्थानीय तहको चुनाव आउँदो वैशाख ३० गते गर्ने निर्णय
दाङ २४, माघ । सरकारले स्थानीय तहको चुनाव आउँदो वैशाख ३० गते गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले वैशाख ३० गते शुक्रवार एकै चरणमा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रपवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
यसअघि सरकारले जेठमा चुनाव गर्ने तयारी गरे पनि निर्वाचन आयोगले आफूहरू वैशाखमै चुनाव गर्न सक्षम रहेको बताएपछि सरकारले वैशाखमै स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको हो ।
जेठ ५ गतेपछि स्थानीय सरकारका जनप्रतिनिधिको कार्यकाल स्वतः समाप्त हुने अवस्था भएको बेला वैशाख ३० गते एकै चरणमा निर्वाचन गरी जेठ ४ गते निर्वाचित जनप्रतिनिधिलाई सपथ ग्रहण गराउने योजना तय भएको निर्वाचन आयोगले जनाएको छ ।