Ad Area

प्रेस र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिन आग्रह


दाङ,१८ असोज । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलले प्रेस र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सवै पत्रकार उभिनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ दाङ शाखाको संयोजनमा भएको घोराहीमा सञ्चालित एक हप्ते आधारभूत पत्रकारिता प्रशिक्षण तालिमको समापनका अवसरमा बोल्दै केन्द्रीय अध्यक्ष पोख्रेलले पत्रकारले राज्यको अपेक्षा नगरेर समाजको बोली बन्न सक्नुपर्ने बताए ।

उनले जहिले पनि राज्यले सञ्चार क्षेत्र र पत्रकारहरुलाई आफ्नो पक्षमा पार्न खोज्ने भन्दै त्यसको प्रलोभनमा कोही पर्न नहुने बताएका हुन । सञ्चार क्षेत्र जहिले पनि सरकारको बिपक्षमा हुने र सरकारले प्रेसलाई संकुचित गर्ने गरि कानुन बन्न थाले त्यसको विरोधमा बोल्नुपर्ने बताएका हुन । उनले निर्भिक, निडर र निष्पक्ष रुपमा पत्रकारले जनताको पक्षका बोल्न र लेख्न समेत आग्रह गरेका थिए ।
कार्यक्रमम बोल्ने अन्य बक्ताहरुले पत्रकारको क्षमता विकाससँगै पत्रकारिता क्षेत्रमा गुणात्मक विकासका लागि महासंघले तालिमले सहयोग गर्ने बताएका थिए ।

सञ्चार माध्यममा क्रियाशिल पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको आधारभूत पत्रकारिता प्रशिक्षण कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले तालिमले पत्रकारहरुलाई क्षमता विकास गर्दै सञ्चार समाचार लेखनमा सहयोग पु¥याउने बताएका थिए । आधारभूत तहको पत्रकारिता तालिमले भएपनि तालिमले समाचार लेखनसँगै सम्पादनसम्मको ज्ञान तालिमले दिएको बताएका थिए ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष बसन्धरा गौतमको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलको प्रमुख आतिथ्यता एव नेपाल पत्रकार महासंघका निर्वतमान केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको विशिष्ट आतिथ्यतामा भएको थियो । तालिमको समानपन अवसरमा नेपाल महासंघ दाङ शाखाका निर्वतमान अध्यक्ष सविन प्रियासन, नेपाल पत्रकार महासंघ केन्द्रका कार्यक्रम प्रवन्धक संघर्ष पन्त, इन्टरनेशनल अलर्टका बरिष्ठ कार्यक्रम अधिकृत बिजय क्षेत्री, पत्रकार सरिता चौधरी, प्रकाश खनालले मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीले कार्यक्रमका सहभागीहरुलाई धन्यावाद ज्ञापन गरेका थिए । महासंघका कार्यसमिति सदस्य शिवराज खनालको स्वागत मन्तव्यवाट सुरुभएको तालिमको सहजीकरण सचिव आर.के.शीतलले गरेका थिए । तालिममा जिल्लाभरका ४० जना पत्रकारहरुको सहभागिता रहेको थियो । युरोपियन युनियन र ईन्टरनेशनल अलर्टको सहयोगमा सञ्चालित सप्ताह व्यापी तालिमको प्रशिक्षकमा महासंघका निवर्तमान अध्यक्ष गोविन्द आचार्य रहेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad