Ad Area

घोराही र बबईमा श्रमशक्तिको पाश्च चित्र तयार हुँदै


घोराही र बबईमा श्रमशक्तिको पाश्च चित्र निर्माणका लागि तथ्याङक संकलन गरिदै

रीता लामा
घोराही, २७ माघ । दाङका दुई पालिकाहरुले आन्तरिक र वैदेशिक श्रमशक्तिको सूचना संकलनको काम थालेका छन् । आन्तरिक र वैदेशिक रोजगारमा रहेका व्यक्तिहरुको सम्पूण विवरण आउने गरेर श्रमशक्तिहरुको पाश्चव चित्र(प्रोफाईल) तयारीको काम थालेको जनाइएका छन् । दाङका दुईपालिकाहरु घोराही उपमहानगर र बबई गाउपालिकाले गत कात्तिक महिनादेखि यो कामको सुरुवात गरेका हुन् । पालिकाहरुले दिएको जानकारी अनुसार सूचना संकलनको काम अन्तिम चरणमा पुगेको छ र फागनुको अन्तिमसम्म सम्पूर्ण विवरण तयार हुनेछ ।

वैदेशिक रोजगारमा जान तयार भएका, वैदेशीक रोजगारमा रहेका र वैदेशिक रोजगारबाट फर्किएकाहरुको विवरण प्रोफाईलमा राखिने छ । घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरीका अनुसार आन्तरिक रोजगारीको अवस्था र वैदेशिक रोजगारको लागि आवश्यक सेवा प्रवाहको लागि उचित नीति, योजना तथा रणनीतिहरु तर्जुमाको लागि पाश्र्चव चित्र तयार गर्न लागिएको हो । उहाका अनुसार पालिकाले रोजगारसग जोडिएर आगामी दिनमा तयार गर्ने योजना तथा रणनीति तथ्यमा आधारित हुने भएको हुदा पहिले त्यसक्षेत्रको अवस्थाको अध्ययन जरुरी रहेको हुदा आन्तरिक र वैदेसिक रोजगारीको तथ्यांक संकलन गर्न लागिएको हो ।

‘तथ्यांकले वर्तमान अवस्थाको बारेमा उजागर गर्छ । सोही अनुसार आगामी दिनमा संचालन हुने रोजगारको कार्यक्रमहरुको लागि आन्तरिक रोजगार र वैदेशिक रोजगारको तथ्यांक संकलन गर्न लागिएको हो’,उनले भने,‘वैदेशिक रोजगारीबाट आर्जन भएको पुजी, सीप र प्रविधिको अनुभवलाई स्वदेशमा उत्पादन मुलक क्षेत्रमा लगाउनको लागि पनि तथ्यांकले सहयोग गर्छ ।’

अहिले संचालनमा रहेको तथ्यांकमा आन्तरिक र वैदेशिक रोजगारमा रहेकाहरुको जातिगत, उमेर, लिंग, शिक्षा, रोजगारीको क्षेत्र, किसिम, आर्जन हुने औषत कमाईलगायतको विवरण संकलन हुनेछ ।

वैदेशिक रोजगारीको सन्दर्भमा वैदेशिक रोजगारमा रहेका र फर्केकाहरुको र तीनका परिवारको जनसांख्यिक विवरण गन्तव्य मुलुक, सीप र सुचनाको पहुच, रेमिट्यान्स प्राप्ती र खर्चको प्रवृति, वैदेशिक रोजगारको क्रममा कामदारहरुले सामना गर्नु परेको ठगी, अलपत्र लगायतका समस्याहरुको साथै अंगभंग तथा मृत्युका घटनाहरुको विवरण संकलन हुनेछ ।

साथै वैदेशिक रोजगारबाट फर्केर आएका व्यक्तिहरुको गन्तव्य मुलुकमा आर्जन गरेको सीप, दक्षता र उनीहरुको योजना, गन्तव्यमुलुकमा आर्जन गरेका सीप, दक्षता र उनीहरुको स्वदेशमा संचालन गरेको उद्यम व्यवासय तथा व्यवसायहरु संचालनमा सामना गर्नुपरेको चुनौतीको विषयममा पनि विवरण संकलन हुनेछ ।

Blog Post Ad

यस्तै वैदेशिक रोजगारका कारण व्यक्ती तथा परिवारमा देखिएका मानसिक समस्या तथा समाजिक लागत सम्बन्धी तथ्यांक संकलन गर्न लागिएको सुरक्षित आप्रवासन परियोजना (सामी)की जिल्ला संयोजक बसन्ती पुनले जानकारी दिएकी छिन। यसको अलावा वैदेशिक रोजगारका कारण व्यक्ति तथा परिवारमा देखिएको मानसिक समस्या तथा सामाजिक लागत सम्बन्धी विवरण र परिवार तथा ससामाजिक पुनः एकिकरण सम्बन्धी सवालहरु पनि संकलन हुने उनको भनाई छ ।

अहिले घोराहीमा १९ जना र ववई गाउपालिकाका लागि ७ जना गणकले तथ्यांक संकलनको लागि खटाइएको छ । स्थायिनय सरकार संचालन ऐन २०७४ले रोजगार तथा वेरोजगारको श्रमशक्तीको तथ्यांक संकलन र सुरक्षित वैदेशिक रोजगारीमा रहेका श्रमशक्तीको सुचना संकलन र व्यवस्थापनको जिम्मेवारी स्थानिय सरकारलाई दिएको छ ।

Blog Post Ad Blog Post Ad