Ad Area

दाङमा दुधको बढेको मुल्य फागुुन १ गतेबाट कार्यान्वयन हुने


घोराही २८, माघ । गत माघ १७ गते सरकारले दुधको मुल्य वृद्धि गरेपनि कार्यान्वयनमा आउन सकेको छैन । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान डीडीसीले दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ बढाएर ८५ रुपैयाँ निर्धारण गर्दै कार्यान्वयनमा ल्याउन भनिए पनि विक्रेताले चासो नलिँदा मुल्य निर्धारण कार्यान्वयनमा समस्या भएको छ । यसअघि प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपैयाँ रहेकोमा दुधको मुुल्य बढेकोमा कृषकले सरकारको निर्णयको स्वागत गरेपनि उनीहरु अहिले अन्यौलमा छन् ।

समायोजन गरिएको नयाँ मुल्य अनुसार नौ रुपैयाँमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा किसानका लागि वृद्धि भएको हो । यस्तै, प्रतिलिटर २ रुपैयाँ ४८ पैसा उद्योगीका लागि बढेको बताइएकोे छ । बढाइएको मुुल्य कार्यान्वयनका लागि दाङका दुुग्ध उत्पादक कृषकले चासो लिएका छन् । दाङ दुुग्ध उत्पादक संघका अनुसार अहिले जिल्लाको घोराही तुलसीपुर र लमही क्षेत्रमा कसरी कार्यान्वयमा लैजान सकिन्छ भन्ने बारे बैठक बसी प्रकृया अघि बढाएका छन् ।

आफुहरुले थालेको प्रयासमा समस्या आए स्थानीय सरकारसँग समन्वय गरेर भएपनि कार्यान्वयनमा लैजाने तयारी भएको दाङ दुुग्ध उत्पादक संघका अध्यक्ष शशीराम बुढाथोकीले जानकारी दिए । उनले केही प्राविधिक तथा व्यवस्थापकीय समस्या समाधान गरी फागुुन १ गतेबाट जिल्लाभर समायोजित मुल्य कार्यान्वयन गर्ने तयारी भएको उनले बताए ।

दाङमा करीव १ सय ५० बढी व्यावसायिक रुपमा दुध उत्पादन गर्ने कृषक छन् । उनीहरुले दैनिक करीव ४५ हजार लिटर दुध उत्पादन गर्दै आएको बताएका छन् । माग अनुसार दुधले बजार धान्न नसकेपनि दाङका कृषकले बजारमा दुधको आपूति नियमित गर्दै आएका छन् ।

Blog Post Ad Blog Post Ad